२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल स्थापना गरिँदै



अ+ अ-

परासी । पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ । सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर नवलपरासीले जनाएको छ । सरावल गाउँपालिका–७ भुजहवामा सोमबार स्थापना गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बिओपी स्थापनासँगै सीमाक्षेत्रको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले भने, “सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सन्दर्भमा सशस्त्र प्रहरीको उपस्थिति सीमाक्षेत्रमा मजबुत बनाउँदै लैजाने सरकारको नीतिअनुसार नेपाल–भारत सीमाक्षेत्रमा रहेका स्तम्भको सुरक्षा, सीमा अतिक्रमण, चोरी तस्करी, राजश्व चुहावट रोकथाम गर्न यो चौकी स्थापना गरिएको हो, आगामी दिनमा यहाँको सुरक्षा थप सुदृढ र प्रभावकारी हुने हामीले विश्वास लिएका छौँ ।” आफ्नो पेशाप्रति इमान्दार र मर्यादित रहेर विपद् व्यवस्थापन, शान्ति सुरक्षाको अनुभूति हुने गरी जनताको सेवामा खटिन उहाँले सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन दिए ।

सरकारले सीमा अतिक्रमण भएका जिल्ला र राजश्व चुहावट हुने संवेदनशील क्षेत्रमा सुरक्षा चौकी थप गर्ने निर्णय गरेअनुसार पश्चिम नवलपरासीको भुजहवामा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुरका प्रहरी उपरीक्षक भरत खनियाले राससलाई जानकारी दिए । उनले भने, “संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरीको बल स्थापना गर्ने सरकारको नीति रहेको छ, यस जिल्लामा पनि तीन चौकी स्थापनाका लागि स्वीकृति भएबमोजिम भुजहवामा चौकी स्थापना गरिएको हो ।”

बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड रहने गर्दछ । पश्चिम नवलपरासीको भारतीय सीमासँग जोडिएको २८ किलोमिटर क्षेत्रअन्तर्गत यो चौथो बिओपी हो । यसअघि जिल्लाको सुस्ता, गुठीप्रसौनी र हरपुरमा बिओपी स्थापना भएका थिए । भारतीय सिमानासँग जोडिएका जिल्लामा सुरक्षा चौकी कम भएकाले थप बल स्थापना गर्नुपरेको बताउँदै उपरीक्षक खनियाले भने, “चौकी थप गर्दै जाने नीतिअनुसार जिल्लामा पाल्हीनन्दनको गेरमी र सुस्ताको रामनगरमा पनि बिओपी स्थापना गर्ने तयारी छ, त्यहाँ बिओपी थप गर्न भौतिक संरचनाका लागि उचित स्थान र जग्गाको खोजी भइरहेको छ ।”

भारतले सीमा सुरक्षाका लागि तीन÷तीन किलोमिटरको फरकमा एसएसबी स्थायी चौकी र आवश्यकताअनुसार अस्थायी चौकी राखेको छ । तर नेपालमा भने २८ किलोमिटरको दूरीमा योसहित चार बिओपी भएका छन् ।