१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल स्थापना गरिँदै

सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल स्थापना गरिँदै
अ अ+ अ-

परासी । पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ । सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर नवलपरासीले जनाएको छ । सरावल गाउँपालिका–७ भुजहवामा सोमबार स्थापना गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बिओपी स्थापनासँगै सीमाक्षेत्रको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले भने, “सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सन्दर्भमा सशस्त्र प्रहरीको उपस्थिति सीमाक्षेत्रमा मजबुत बनाउँदै लैजाने सरकारको नीतिअनुसार नेपाल–भारत सीमाक्षेत्रमा रहेका स्तम्भको सुरक्षा, सीमा अतिक्रमण, चोरी तस्करी, राजश्व चुहावट रोकथाम गर्न यो चौकी स्थापना गरिएको हो, आगामी दिनमा यहाँको सुरक्षा थप सुदृढ र प्रभावकारी हुने हामीले विश्वास लिएका छौँ ।” आफ्नो पेशाप्रति इमान्दार र मर्यादित रहेर विपद् व्यवस्थापन, शान्ति सुरक्षाको अनुभूति हुने गरी जनताको सेवामा खटिन उहाँले सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन दिए ।

सरकारले सीमा अतिक्रमण भएका जिल्ला र राजश्व चुहावट हुने संवेदनशील क्षेत्रमा सुरक्षा चौकी थप गर्ने निर्णय गरेअनुसार पश्चिम नवलपरासीको भुजहवामा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुरका प्रहरी उपरीक्षक भरत खनियाले राससलाई जानकारी दिए । उनले भने, “संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरीको बल स्थापना गर्ने सरकारको नीति रहेको छ, यस जिल्लामा पनि तीन चौकी स्थापनाका लागि स्वीकृति भएबमोजिम भुजहवामा चौकी स्थापना गरिएको हो ।”

बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड रहने गर्दछ । पश्चिम नवलपरासीको भारतीय सीमासँग जोडिएको २८ किलोमिटर क्षेत्रअन्तर्गत यो चौथो बिओपी हो । यसअघि जिल्लाको सुस्ता, गुठीप्रसौनी र हरपुरमा बिओपी स्थापना भएका थिए । भारतीय सिमानासँग जोडिएका जिल्लामा सुरक्षा चौकी कम भएकाले थप बल स्थापना गर्नुपरेको बताउँदै उपरीक्षक खनियाले भने, “चौकी थप गर्दै जाने नीतिअनुसार जिल्लामा पाल्हीनन्दनको गेरमी र सुस्ताको रामनगरमा पनि बिओपी स्थापना गर्ने तयारी छ, त्यहाँ बिओपी थप गर्न भौतिक संरचनाका लागि उचित स्थान र जग्गाको खोजी भइरहेको छ ।”

भारतले सीमा सुरक्षाका लागि तीन÷तीन किलोमिटरको फरकमा एसएसबी स्थायी चौकी र आवश्यकताअनुसार अस्थायी चौकी राखेको छ । तर नेपालमा भने २८ किलोमिटरको दूरीमा योसहित चार बिओपी भएका छन् ।