२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति आभार व्यक्त गर्दै आ-आफ्नो घर फर्किए क्वारेन्टाइनमा बसेका नेपालीहरु



अ+ अ-

भक्तपुर । सरकारले गएको फागुन ४ गते चीनको वुहानबाट स्वदेश फर्काई खरिपाटीको क्वारेन्टाइनमा राखिएका १ सय ६५ जनालाई बिदाइ गरिएको छ । क्वारेन्टाइनमा बसेकासहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई पनि सोमबार बिदाइ गरेको हो । स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको खबर आएपछि क्वारेन्टाइनमा बसेका सबैले ताली बजाएर खुशी साटेका थिए भने क्वारेन्टाइनमा गरिएको राम्रो व्यवस्थालाई लिएर सरकारप्रति आभार व्यक्त गर्दै सबैले सरकारको जयजयकारको नारा लगाएका थिए ।

गएको शनिबार क्वारेन्टाइनमा रहेका सबैको नाक र घाँटीको ुस्वाबु सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै सङ्क्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताए । क्वारेन्टाइनका विद्यार्थीहरुको स्वास्थ्य रेखदेखमा सक्रिय रहँदै आएका नेपाली सेनाका क्याप्टेन डाक्टर नविन फुँयालले क्वारेन्टाइनमा रहेका सबै स्वथ्य रहेको रिपोर्ट सार्वजनिक गरेका थिए ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खटिनुभएका डाक्टर रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताए । उनीहरुलाई भक्तपुर, खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।