१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

कास्की कारागारमा क्षमताको दुईगुणा कैदीबन्दी

कास्की कारागारमा क्षमताको दुईगुणा कैदीबन्दी
अ अ+ अ-

कास्की । पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८४७ जना कैदीबन्दी रहँदा उनीहरुलाई असहज भएको छ ।

जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा एक आश्रित नाबालकसहित ६० महिला र ७८६ पुरुष रहेका छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८ तथा थुनुवा पुरुष २३६ र कैदी पुरुष ५५० रहेका छन् ।

कारागारले विभिन्न तीनवटा ब्लक छुट्याएकामा ‘क’ र ‘ख’ ब्लकमा क्रमशः ३१७ र ४११ जना रहेका छन् भने महिला ब्लकमा ६० जना कैदीबन्दीको सङ्ख्या रहेको उहाँले जानकारी दिनुभयो । ‘क’ ब्लकमा १८ र ‘ख’ ब्लकमा १९ वटा कोठासहित १० तथा १२ वटा शौचालय, पुस्तकालय, क्यान्टिन आदि रहेका छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् ।

कारागारका ‘क’ र ‘ख’ ब्लकमा पुस्तकालय रहेकामा ‘क’ मा एक हजार ५३० पुस्तक छन् भने ‘ख’ मा एक हजार ५०० पुस्तक रहेको प्रशासनले जनाएको छ । गौतमका अनुसार कैदीलाई दैनिक रु ६० सिधा तथा नेपाल खाद्य संस्थाले प्रतिकेजी रु ५०।५२ मा ७०० ग्राम सोना मनसुली चाम उपलब्ध गराउनाका साथै सरकारले प्रत्येक वर्ष बन्दीको स्वास्थ्य उपचारका लागि रु १२ लाख विनियोजन गर्दै आएको छ ।

कैदीबन्दीका अनुसारको पूर्वाधारको व्यवस्था नभएको बताउँदै उहाँले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वाधारकै अभावमा कैदीबन्दीको श्रम सीपलाई उचित उपयोग गर्न नसकिएको बताउँदै उहाँले उनीहरुले उत्पादन गर्ने मुढा, झोला तथा भाङ्ग्राले श्रमअनुसारको मूल्य पाउन नसकेको बताउनुभयो ।

कैदीबन्दीको सङ्ख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताउँदै उनीहरुको व्यवस्थापनका लागि तीनदेखि पाँच सय रोपनी जग्गा आवश्यक रहेको उहाँको भनाइ छ । कारागारमा हाल एक दर्जन ज्येष्ठ नागरिकसमेत रहेका छन् । यस बीचमा महिला ब्लकमा विद्युत् वायरिङ, भान्छा कोठा निर्माण, तत्काल ध्यान प्रशासनिक भवन नहुँदा जस्ताको छानामुनि सामान्य ट्रस्ट निर्माण गरिएको छ ।

कारागारभित्रै कतिपयले उद्यमशीलताका माध्यमबाट आयआर्जनमा समेत जोडिएको जानकारी दिँदै उहाँले मुढा बुन्ने, कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेच्ने आदि गरेर आम्दानी गरिरहेको बताउनुभयो ।

सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार ९शौचालय, धारा० आदिको समस्या रहँदै आएको उहाँको भनाइ छ । कारागार प्रशासनले कैदीबन्दीको स्वास्थ्यमा पनि ध्यान दिएको बताउँदै उहाँले यही वर्ष भदौ २३ गते हिमालय आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो । प्रशासनले प्रारम्भिक बालविकास केन्द्रको सहकार्यमा गत भदौ १ गतेदेखि प्रौढ शिक्षा सञ्चालन गर्दै आएको छ । कारागारमा सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दामा ११ विदेशीसहित २२८ रहेका छन् ।

त्यस्तै लागुऔषधतर्पm आठ विदेशीसहित २२५ रहेका छन् । कारागारमा १६६ कर्तव्यज्यान, चोरी ८०, ज्यान मार्ने उद्योगमा १७, अपहरणमा १५, मानव बेचबिखन १९, सवारी ज्यान १९, बहुविवाहका १२, सार्वजनिक अपराध नौ, डाँका चोरी नौ, विदेशी विनिमय एक र वन जडीबुटी ओसारपसारका मुद्दामा पाँचजना रहेका छन् ।

त्यसैगरी राज्य विरुद्धको कसुर विस्फोटन पदार्थ तीन, सैनिक दुई, सम्पत्तिसम्बन्धी कसुर एक, मुद्रासम्बन्धी कसुरमा दुई, लिखितसम्बन्धी एक ठगी १३, बालयौन दुराचार चार, बैंकिङ कसुर नौ, वन्यजन्तु दुई, लेनदेन दुई, आगलागी तीन कैदीबन्दी रहेको प्रशासनले जनाएको छ ।

आव २०७६÷७७ कूल बजेट चार करोड एक लाख ३४ हजार बजेटमध्ये चालूतर्फ तीन करोड ८६ लाख ३८ हजार र पूँजीगततर्पm १४ लाख ९६ हजार छ । पोखरा महानगरपालिका–७ पार्दीमा २०२२ सालमा स्थापना भएको कारागार कूल १९ रोपनी क्षेत्रफलमा पैmलिएको छ । यसमा भित्री पर्खालको १० रोपनीमा कैदीबन्दी आवास तथा बाहिरी पर्खालभित्र नौ रोपनी जग्गा खुला रहेको छ ।