२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत समन्वय समितिको बैठक बुधबार



अ+ अ-

बैतडी । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दाुर्चलामा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहने भएको छ ।

बैठकमा दुईपक्षीय÷बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोवार, दुवै देशलाई असर पु¥याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन्, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरसलगायतका विषयमा छलफल हुने जनाइएको छ । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बस्न लागेको हो ।