१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

मोह बढ्दै छ कैदीबन्दीको अध्ययनमा

मोह बढ्दै छ कैदीबन्दीको अध्ययनमा
अ अ+ अ-

अच्युत रेग्मी, काठमाडौँ । सबैभन्दा ठूलो केन्द्रीय कारागार जगन्नाथदेवलका कैदीबन्दीको अध्ययनमा मोह बढ्दै गएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको सो कारागारभित्र हाल ६५० बन्दी अध्ययनरत छन् । त्यहाँ तीन विद्यालय सञ्चालनमा रहेका छन् । भद्र कारागारमा बन्दी आधारभूत विद्यालय, महिला कारागारमा महिला बन्दी विकास आधारभूत विद्यालय र केन्द्र कारागारमा जगन्नाथ मावि रहेको छ । ती मध्ये बन्दी आधारभूत विद्यालयमा कक्षा १ देखि ८, महिला बन्दी विकास आधारभूत विद्यालयमा कक्षा १ देखि ५ र जगन्नाथ माविमा कक्षा १ देखि १२ सम्मको अध्ययन हुँदै आएको छ ।

सरकारले तोकेको पाठ्यपुस्तक पढाइ हुने जगन्नाथ माविमा ३२५, बन्दी आधारभूत विद्यालयमा २६३ र महिला बन्दी विकास आधारभूत विद्यालयमा ६२ विद्यार्थी अध्ययनरत छन् । विसं १९७१ मा नेपालको सबैभन्दा पुरानो कारागारका रुपमा स्थापना भएको केन्द्रीय कारागारमा २०१९ सालमा पहिलोपटक कैदीबन्दीलाई शिक्षा प्रदान गर्न जगन्नाथ मावि स्थापना भएको थियो ।

यस्तै महिला बन्दी विकास आधारभूत विद्यालय २०५७ सालमा स्थापना भएको बताइन्छ । कैदीबन्दीलाई पढाउने शिक्षक पनि कैदीबन्दी नै हुने भए पनि पढाउने शिक्षकको तलब काठमाडौँ महानगरपालिका शिक्षा विभागले प्रदान गर्दै आएको छ । कैदीबन्दीलाई पढाउने शिक्षकलाई पढाएबापत पाउने तलबका अतिरिक्त एक वर्ष पढाएबापत दुई महिना बराबरको कैद सजाय माफी हुने प्रावधान रहेको छ ।

अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । नेपालमा कारागारको व्यवस्था विसं १९७१ बाट सुरु भएको हो । नेपालको पहिलो कारागार ‘सदरजेल’ हाल केन्द्रीय कारागार जगन्नाथदेवल हो । कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन चाहने कैदीबन्दीलाई कारागारमा अध्ययन पाउने व्यवस्था छैन ।

केन्द्रीय कारागारका प्रमुख एवम् जेलर लक्ष्मीप्रसाद बाँस्कोटा कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन विद्यार्थीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । “कक्षा १२ भन्दा माथिल्लो तह पढ्ने विद्यार्थी कारागारमा आफैँ पढ्नुपर्छ, परीक्षाको व्यवस्था कारागारले मिलाउँदै आएको छ”, उहाँ भन्नुहुन्छ । कारागार व्यवस्था विभागले गरेको अध्ययनअनुसार केन्द्रीय कारागारको एक हजार ४०० कैदीबन्दी अट्ने क्षमता हो । जेलर बाँस्कोटा केन्द्रीय कारागारमा क्षमताभन्दा ज्यादै धेरै कैदीबन्दी रहेको बताउनुहुन्छ । केन्द्रीय कारागारमा हाल ११ नाबालकसहित तीन हजार ३०८ कैदीबन्दी रहेका छन् ।

देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भइरहँदा सरकारले नुवाकोटको त्रिशूलीमा ५३९ जग्गा लिएर सात हजार कैदीबन्दी क्षमता भएको केन्द्रीय कारागार निर्माण गर्न लागेको छ । एक हजार ५०० कैदीबन्दी अट्ने चारवटा ब्लक र एक हजार क्षमता भएको एकवटा महिला ब्लक निर्माण गर्नका लागि गुरुयोजना बनाएर एकवटा भवन बन्दै गरेको छ । सरकारले पछिल्लो समय खुला कारागारको नीतिसमेत अगाडि सारेको छ । बाँकेको गनापुरमा खुला कारागार निर्माणका लागि सुरक्षा भवन र ब्यारेक तथा प्रशासनिक भवन निर्माणको कामलाई अगाडि बढाइएको छ । सरकारले कैदीबन्दीलाई हरेक दिन खानका लागि दिने सिदा रु ४५ वृद्धि गरी ६० तथा नाबालकलाई रु १० बाट ३५ पु¥याएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार रहेका छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् । ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रहरु सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २५ हजारभन्दा धेरै कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ हो ।
–