१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

राष्ट्रियसभाबाट अर्थमन्त्री खतिवडासहित १९ जना विदा हुँदै

राष्ट्रियसभाबाट अर्थमन्त्री खतिवडासहित १९ जना विदा हुँदै
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जनाको पदावधि सकिँदैछ । राष्ट्रियसभा संसद मध्ये २ वर्षे कार्यकाल भएका १९ जनाको पदावधि मंगलबारबाट सकिएको हो।

राष्ट्रियसभा सदस्यका लागि २०७४ माघ ९ गते निर्वाचन भएको थियो। गोलाप्रथा गर्दा २ वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिएको हो।

गत माघ ९ गते राष्ट्रियसभा सदस्यका लागि १८ पदमा निर्वाचन भइ नयाँ सदस्यहरु चयन भइसकेका छन् । राष्ट्रपतिबाट मनोनित भएका डा. युवराज खतिवडा पछिको रिक्त स्थानका लागि भने कोही चयन भएको छैन्।

नेपालको संविधानअनुसार व्यवस्थापिकाको माथिल्लो राष्ट्रियसभामा ७ प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुने प्रावधान छ। ३ जना राष्ट्रपतिबाट मनोनित भएका गरी ५९ जना सदस्य रहने व्यवस्था छ।

यी हुन् पदावधि सकिएका रास्ट्रियसभा सदस्यहरु

डा. युवराज खतिवडा, सरिता प्रसाईं, कालीबहादुर मल्ल, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली र खेमराज नेपाली