९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल



नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विराटनगरमा सोमबार आयोजित कोशी प्रदेशस्तरीय पार्टी एकता सन्देश सभामा धारणा राख्नुहुँदै । तस्बिरः मनोज दाहाल/रासस
अ+ अ-

विराटनगर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी केशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै सम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राख्नुभयो ।

संयोजक दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरुले पनि सहमति दिएको बताउनुभयो । उहाँले आफूहरुलाई सच्चिनका लागि जेनजी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरुले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराउनुभयो ।

जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उहाँको भनाइ थियो । उहाँले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरु एक भएको बताउनुभयो ।

उहाँले कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरुलाई एकीकरण गरेको धारणा राख्दै नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उक्त पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न समयमा कम्युनिष्टहरुको सरकार बने पनि नेपाली जनताको सर्वोच्च हितमा काम गर्न नसकेको धारणा राख्दै आफ्नो पार्टीले निर्वाचनबाट बहुमत ल्याउन सक्यो भने भूमि सुधार आयोग, कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण गरी रोजगार सृजना गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई रक्षा गर्न, सुदृढीकरण गर्न र संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न आफ्नो पार्टी दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

नेता डा भीम रावलले मुलुकमा समृद्धि र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । पार्टी एकता सन्देशसभाका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीमा आबद्ध सरिता थापा, गोपाल किराँती, राजेन्द्र श्रेष्ठ र रुपेश खतिवडालगायतले बोल्नुभएको थियो । रासस