७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
अ+ अ-

काठमाडौँ ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल–फिनल्यान्ड द्विपक्षीय सम्बन्ध, नेपालको सामाजिक–आर्थिक विकासमा फिनल्यान्डको सहयोग तथा बहुपक्षीय मञ्चमा सहकार्यबारे महत्वपूर्ण छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले सन् १९७४ मा दौँत्य सम्बन्ध स्थापना भएपश्चात् नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै फिनल्यान्डको सहयोग विशेषतः वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित खानेपानी, विपद् व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशितामा केन्द्रित रहनु प्रशंसनीय भएको बताउनुभयो ।

“फिनल्यान्डले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा निर्वाह गरेको भूमिकाको नेपालले प्रशंसा गर्दछ,” उहाँले भन्नुभयो,  “आपसी हितका विषयमा दुईपक्षीय तथा बहुपक्षीय मञ्चमा नेपाल र फिनल्यान्डको सहकार्य निरन्तर जारी रहने विश्वास लिएको छु ।”

उपराष्ट्रपति यादवले नेपाल आगामी वर्ष अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको जानकारी दिनुभयो । यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन फिनल्यान्डसहित विकास साझेदारबाट प्रविधि, लगानी तथा आर्थिक साझेदारी अपरिहार्य हुनेमा उहाँले जोड दिनुभयो ।

राजदूत पुहक्काले फिनल्यान्ड युरोपेली सङ्घसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका तीन प्रमुख द्विपक्षीय विकास परियोजनाबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ती परियोजनामा कर्णालीमा सुरक्षित तथा दिगो पानी र सरसफाइमा पहुँच सुधार गर्ने, कर्णाली तथा सुदूरपश्चिममा प्राकृतिक स्रोत व्यवस्थापन तथा जीविकोपार्जनमार्फत जलवायु प्रतिरोधात्मक क्षमता निर्माण गर्ने एवं कर्णाली, सुदूरपश्चिम तथा मधेसमा विद्यालय सुदृढीकरण गर्दै शिक्षकलाई आवश्यक उपकरण उपलब्ध गराउने रहेका छन् ।”