२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा बाढीको प्रकोपमा १५९ जनाको मृत्यु



Flood victims wade through water in Colombo, Sri Lanka, Saturday, Nov, 29, 2025. (AP Photo/Eranga Jayawardena)
अ+ अ-

एजेन्सी । श्रीलङ्काको राजधानी तथा देशभरिका धेरै भागमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १५९ पुगेको अधिकारीहरूले बताएका छन् ।

शक्तिशाली चक्रवात दितवाहबाट सुरु भएको प्रकोपपछि अहिले पनि राजधानी कोलम्बोका केही भागमा तीव्र रूपमा पानी बढिरहेको छ । विशेषगरी केलानी नदीको सतह निरन्तर उक्लिँदा उत्तरी क्षेत्र ठूलो बाढीको चपेटामा परेको विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले जनाएको छ ।

गत हप्ताभरि परेको अविरल वर्षासँगै शनिबार श्रीलङ्काबाट टाढा सरेको चक्रवातका कारण डिएमसीले मृतक सङ्ख्या १५९ पुगेको र २०३ जना नागरिक बेपत्ता रहेको पुष्टि गरेको छ । “चक्रवातले देश छाडे पनि माथिल्लो क्षेत्रमा परेको भीषण वर्षाले केलानी नदी किनारका तल्लो बस्तीहरू अहिले डुबानमा परेका छन्”, डिएमसीका एक वरिष्ठ अधिकारीले भने ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकले चक्रवातको गम्भीर परिणामलाई मध्यनजर गर्दै शनिबार नै देशभर आपतकालिन अवस्था घोषणा गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सहयोगका लागि अनुरोधसमेत गर्नुभएको छ । राष्ट्रपतिको अपिलपछि भारतले तुरुन्तै राहत सामग्री तथा उद्धारकार्यका लागि चालक दलसहित दुईवटा हेलिकप्टर पठाई पहिलो प्रतिक्रिया दिएको छ । जापानले पनि तत्कालीन आवश्यकताको मूल्याङ्कन गर्न आफ्नो टोली पठाउने र साथै थप सहयोग उपलब्ध गराउने वाचा गरेको छ ।

यद्यपि टापुभर वर्षा केही कम भए पनि सबैभन्दा बढी प्रभावित मध्य प्रान्तका धेरै सडकहरू अहिले पनि कतै–कतै क्षतिग्रस्त अवस्थामा रहेको डिएमसीले जनाएको छ । चक्रवात र बाढीको संयुक्त प्रभावले देशभर २० हजारभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक लाख २२ हजारभन्दा बढी नागरिक राज्यद्वारा सञ्चालित अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । त्यसैगरी, बाढीबाट विस्थापित भएपछि थप आठ लाख ३३ हजार मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता परेको अधिकारीहरूले बताएका छन् ।

राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सेना, नौसेना, वायुसेना, नागरिक सुरक्षाकर्मी तथा स्वयंसेवकहरू देशका विभिन्न ठाउँमा तैनाथ गरिएको छ । बाढीका कारण देशको करिब एकतिहाइ भागमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने पानी शुद्धीकरण केन्द्रहरू डुबानमा परेकाले सुरक्षित पिउने पानीको अभाव बढेको छ । साथै, इन्टरनेट जडानसमेत व्यापक रूपमा अवरुद्ध भएको छ ।

यो चक्रवात सन् २०१७ यताकै सबैभन्दा घातक प्राकृतिक प्रकोप बनेको अधिकारीहरूले स्मरण गराएका छन् । सन् २०१७ मा बाढी तथा भूस्खलनका कारण २०० भन्दा बढीको ज्यान गएको थियो । त्यस्तै, सन् २००३ मा आएको ऐतिहासिक बाढीमा २५४ जनाको मृत्यु भएको थियो, जुन शताब्दीको अन्त्यपछि देशले भोगेको सबैभन्दा गम्भीर बाढी मानिन्छ ।