१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप–३० मा हिमाल संरक्षणलाई छुट्टै मुद्दाका रूपमा स्थापित गर्न सफल भयौँ: मन्त्री परियार



अ+ अ-

काठमाडौँ ।कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३० औँ श्रृङ्खला (कोप–३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री परियारले सो दाबी गर्नुभएको हो ।

उहाँले कोप–३० मा नेपालको सहभागिता विगतको तुलनामा थप सफल र प्रभावकारी भएको दाबी गर्नुभयो । उहाँले सम्मेलनमा हिमालको एजेण्डा उठाउँदै हिमाल संरक्षणको मुद्दालाई छुट्टै मुद्दाको रुपमा स्थापित गर्न सफल भएको पनि बताउनु भयो । नेपालले उठाएको हिमालको मुद्दालाई अन्य साना तथा टापु राष्ट्रहरुले समेत समर्थन दिएको बताउनु भयो । उहाँले हानि नोक्शानी कोषका कार्यकारी निर्देशकसमक्ष नेपाललाई क्षतिपूर्ति दिने सन्दर्भमा प्राथमिकतामा राख्न आग्रह गरेको उल्लेख पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न कठिनाईका बाबजुद पनि कोप–३० नेपालका लागि सफल भयो जस्तो लाग्छ । कोप सम्मेलनमा म विगत ८–१० वर्षदेखि सहभागि हुँदै आइरहेको छु । अजरबैजानमा भएको कोपमा पनि थिएँ । दुवैमा भएको कोपमा पनि थिएँ । विगतका कोपहरुको तुलनमा हेर्दाखेरि यो वर्ष हाम्रो सानो समूहको सहभागि हुँदाहुँदै पनि यस पटकको कोपमा हाम्रा साथिहरुले धेरै मेहनत गर्नुभयो । हामीले ‘लस एण्ड ड्यामेज फन्ड’को कार्यकारी निर्देशकसँग भेट्ने मौका पायौं । भेटमा हामीले हानि नोक्शानीको प्रश्तावबारे जानकारी गराउँदै नेपाललाई विशेष ग्रायता दिन तथा प्रोजेक्ट दिनको लागि पनि अनुरोध गरेका छौं । उहाँहरु सरकारात्मक नै हुनुहुन्छ । सम्मेलनमा माउन्टेन एजेण्डालाई स्ट्रङ्ली पुटअप गर्न सकिएको छ । विभिन्न शीर्षकमा भएको समूहगत छलफलमा समेत नेपालको बलियो उपस्थिति भएको छ । विभिन्न देशका प्रतिनिधिहरुसँग समेत वार्ता र छलफल भएको छ । अझैपनि धेरै कुराहरु गर्नुपर्ने भएपनि हाम्रो यस पटकको कोपमा सहभागिता प्रभावकारी नै रह्यो ।’

उहाँले मुलुकको वर्तमान राजनीतिक कठिनाईका बीच कोपमा नेपालको सफल र प्रभावकारी सहभागिता रहेको बताउनु भयो ।