२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा एकताको खाँचो छः अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभएको छ ।

आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताउनुभएको हो ।

उहाँले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताउनु भयो । अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरुले देशमा नयाँ सन्देश दिन खोजेको उहाँको भनाई छ । उहाँले संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । त्यो एकताको नेतृत्व संघले गरेको उहाँको भनाई छ । एकीकृत संघ अब समृद्ध नेपाल निर्माणको लागी लाग्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकता हामीले शुरु गरेका छौँ । यो अभियानको शुरुवात हो । आजको एकताले विगत करिव ४ वर्ष अगाडीदेखि हामी अत्यन्तै कठिन परिस्थितिमा थियौँ । गैरआवासीय नेपाली संघमा असाध्यै अफ्ठ्यारो परिस्थिति थियो । यो अफ्ठ्यारो परिस्थितिलाई हामीले एउटा सन्देश दिन चाहन्छौँ, एकता गरेर । हामी गैरआवासीय नेपाली संघले एकता गरेर नेपालमा के सन्देश दिन चाहन्छौँ भने अहिले हामीलाई सहमति, सहकार्य र एकताको खाँचो छ । समृद्ध नेपाल निर्माणको लागि, यो केवल गैरआवासीय नेपालीको लागि मात्रै होइन । हाम्रो यो एकताले नेपालका राजनीतिक दलहरु, नागरिक समाज, हरेक निकायमा अहिले नेपालमा सहमति, सहकार्य र एकताको खाँचो छ, त्यो एकताको सन्देश हामीबाट शुरुवात भएको छ र अब समृद्ध नेपाल निर्माणमा हामी सबै लागौँ, गैरआवासीय नेपालीहरुले पनि समृद्ध नेपालमा हामीले आफ्नो योगदान अवस्य गर्नेछौँ ।’ 

विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरु भएको उहाँले बताउनु भयो । उहाँले विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताउनु भयो ।