५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

‘यस संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरु होसियार’

‘यस संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरु होसियार’
अ+ अ-

काठमाडौँ । जेनजीकी अगुवा रक्षा बमले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र तत्काल संविधान संशोधनको प्रस्तावसम्बन्धी विवादित ‘ड्राफ्ट’लाई अलोकतान्त्रिक र खतरनाक हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले केही स्वार्थ समूहद्वारा प्रेरित व्यक्तिहरूले तयार पारेको भनिएको उक्त ड्राफ्ट संविधान संशोधनजस्तो संवेदनशील विषयलाई दबाबमार्फत अघि सार्ने असफल प्रयास भएको आरोप लगाइन्।

बमले लेखेकी छन्, “संविधान संशोधनजस्तो संवेदनशील मुद्दा दबाबमार्फत अघि सार्ने प्रयास अस्वीकार्य छ। हामी संविधान पुनरावलोकनको पक्षमा छौँ, तर त्यसका लागि जनताको स्पष्ट म्यान्डेट अपरिहार्य छ।”

प्रत्यक्ष निर्वाचित कार्यकारीजस्ता एजेन्डा अघि सार्न चाहनेहरूले चुनावी घोषणापत्रमार्फत जनतासामु पुगेर जनादेश लिनुपर्ने नै लोकतान्त्रिक बाटो रहेको उनको धारणा छ। संक्रमणको संवेदनशील अवस्थामा संविधानका मूल मर्ममै प्रहार गर्ने गतिविधि स्वीकार्य नभएको उनको भनाइ छ।

उनले थप लेखेकी छन्, “देश भनेको जादुको छडीले चल्ने चीज होइन। देश चलाउन विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ।”

बमले प्रत्यक्ष कार्यकारी प्रणालीसम्बन्धी विषयमा विस्तृत र खुला छलफल आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधन वा नयाँ प्रणालीका पक्षधरहरूले जनताबाट स्पष्ट जनादेश लिएर मात्र यस्तो एजेन्डा अघि बढाउनुपर्ने बताएकी छन्।

उनले लेखेकी छन्–
केही स्वार्थसमूहबाट प्रेरित मानिसहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन” सँगै ‘तत्काल संविधान संसोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमाइरहेको हल्ला छ । गत शुक्रबार मात्र, प्रधानमन्त्री र एमाले नेताहरूबिच भएको भेटमा पनि यस ड्राफ्टबारे कुरा उठेको भनेर नेपालप्रेसले समाचार समेत बनाएको छ । स्पष्ट पारौं यस्तै ड्राफ्ट पछिल्लो समय मात्र नभई, सेप्टेम्बर ९ तारिक अर्थात भदौ २४ को दिनदेखि नै मानिसहरुको हातहातमा पुगिरहेको थियो । हामीले पटक पटक यस बिषयमा अबरोध गरेका नै हौ ।

नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन । बर्षौको समय र हज्जारौंको बलिदानपश्चात बनेको संविधान हो यो । केही स्वार्थप्रेरित मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेका छन् र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् । बिभिन्न समूहका जेन जी साथीहरुसँग यसबारेमा छलफल हुँदा पनि हामीले यी कुराहरु उठाएका थियौंरछौं। जेन जी साथीहरुले मात्र नभई समाजलाई बिभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिडेको हामीले थाहापाएका छौं। कतिपय जेन जी साथीहरु त आन्दोलनमा समेत आउनुभएको थिएन । र कतिपय साथीहरुलाई त संविधान भनेको के हो समेत थाहा थिएन। उहाँहरुलाई लाग्छ, यो व्यवस्था उल्टाउने बित्तिकै जादुको छडी घुमाएजसरी सबैथोक एकै रातमा परिवर्तन भईहाल्ने वाला छ ।

तर हेक्का रहोस, देश भनेको जादुको छडीले चल्ने चीज होईन । देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ ।उल्लिखित मुद्दाहरुको बिषयमा व्यापक छलफल हुनु जरुरी छ । हामी संविधान पुनरावलोकनको पक्षमा नै छौ तर त्यसका लागि जनादेश जरुरी छ । हामी लोकतान्त्रिक विधीलाई मान्दछौ । संविधान संसोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी बिषयहरुलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ । त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।

यस संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरु होसियार।छोटो बाटो खोजेर, देशलाई थप अनिश्चितता तर्फ धकेल्नका लागि खेलिने हरेक खेलको हामी बिरोध गर्नेछौ र डटेर सामना गर्न पनि तयार छौं।साथसाथै, यस नागरिक सरकारको लागि आन्दोलनले स्पष्ट म्यान्डेट दिईसकेको छ । र नागरिक सरकार कुनैपनि हालतमा आन्दोलनको म्यान्डेटभन्दा बाहिर जादैनरजान पाउदैन भन्ने कुरामा हामी विस्वस्त छौं।