७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढी

नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढी
अ+ अ-

काठमाडौँ । नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना रहेका छन् ।

आईतवार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँकाअनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरुमा एचआइभी संक्रमण छ । उहाँले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरुको संख्या १९ हजार २ सय ७९ रहेको छ । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरु रहेका छन् । गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरु संक्रमित फेला परेका छन् । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताउनु भयो । सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘३४ हजार ३ सय ३७ जना नेपालमा एचआइभीको संक्रमित हुनसक्छ भन्ने आँकलन गरिएको छ । यसमा १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना हुनुहुन्छ । महिलाहरुमा १५ वर्ष माथिका लगभग १४ हजार जना हुनुहुन्छ । १५ वर्ष भन्दा माथिका पुरुषहरुको कुरा गर्दा १९ हजार २ सय ७९ जना हुनुहुन्छ । बच्चाहरुको कुरा गर्ने हो भने लगभग एक हजार ५८ जना एचआइभी पोजेटिभ हुनुभएको छ भन्ने आँकलन छ । आमालाई एचआइभी टेस्टिङ गर्दा २ सय २७ जना बच्चाहरुमा पोजेटिभ हुनसक्छ भन्ने आँकलन छ । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ । तर अझै हामी ९० प्रतिशतसम्म पुग्नुपर्नेछ । सरदर दिनमा एउटा जस्तो वा १.७ जना नयाँ क्लाइन्टहरु थपिने अवस्था छ । मृत्युको दरको कुरा गर्ने हो भने लगभग दिनमा एउटा जस्तो एचआइभीको कारणले मृत्यु हुने गर्दछ ।’

डा. शर्माकाअनुसार ८८ प्रतिशत संक्रमितहरु औषधिको सेवन गरिरहनुभएको छ । संक्रमितहरुमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको बताउनु भयो । आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।