२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

पोखरामा दाँई महोत्सव- फोटो फिचर

पोखरामा दाँई महोत्सव- फोटो फिचर
अ अ+ अ-

काठमाडौ । पोखरा महानगरपालिका वडा नं.१९ चुरुङ्गामा दोस्रो संस्करणको दाँई महोत्सव गरिएको छ । परम्परागत कृषि प्रणालीमा आधारित दाँई कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने कार्यलाई बुझिन्छ ।

मूल रूपमा धान झारी सकेपछि बाँकी रहेको धान समेत झार्ने र कुन्यू लगाइएको पराल खलामा बिच्छ्याएर त्यसमाथि गोरुलाई लहरै दाम्लो वा डोरीले बाँधेर दाँईमा घुमाउने गरिन्छ । यसलाई कृषकहरूको उत्साह तथा मनोबल उच्च बनाउने उद्देश्य अनुरूप पोखरा महानगरपालिका समेतको सहकार्यमा महोत्सवका रूपमा मनाइएको हो ।

उक्त अवसरमा पोखरा महानगर क्षेत्रमा ५०० मुरी, १०० मुरी र ९८ मुरी धान उत्पादन गर्ने उत्कृष्ट कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले विशेष सम्मान प्रदान गर्नुभएको छ ।

यस वर्ष ५ सय मुरी धान उत्पादन गर्ने कृषक पोखरा १९ का फवेन्द्र प्रसाद गुरुङलाई नगद रु।१० हजार, १ सय मुरी धान उत्पादन गर्ने पोखरा १९ कै मिलन गुरुङलाई नगद रु।७ हजार र ९८ मुरी धान उत्पादन गर्ने पोखरा २३ का कृषक बालकृष्ण भण्डारीलाई नगद रु।५ हजार प्रदान गरिएको हो । यसले कृषकहरूलाई उत्पादन बढाउन, कृषिको व्यवसायीकरण, गोरु पालक कृषकहरूलाई प्रोत्साहन र उत्प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गोरु पालक कृषक जीवन बास्तोलालाई नगद रु।६ हजार, धान चुट्ने प्रतियोगितामा प्रथम भएका कृषक श्याम भुजेल, द्धितिय जीवनाथ सुवेदी, तृतीय विष्णु प्रसाद पौडेललाई क्रमश: नगद रु।३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ । परालको भारी बाँध्ने प्रतियोगिताका विजेताहरू अग्निधर गौतम र भीम वि।क, नवीन र अभिषेक बास्तोला तथा कुल बहादुर भुजेल र तारानाथ गौतमलाई क्रमश: नगद रु।३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ । यस्तै गुन्द्री बुन्ने प्रतियोगिताका विजेताहरू लक्ष्मी देवकोटा र लक्ष्मी बास्तोला, सिता गौतम र विष्णु गौतम तथा लक्ष्मी अधिकारी र अञ्जना अधिकारीको जोडीलाई पनि क्रमश: नगद रु।३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

पोखरा महानगरपालिकाले पोखराको पहिचानको रूपमा रहेको जेठोबुढो लगायत धानहरूको ब्राण्डीङ गरिरहेको छ भने, रैथाने जातका धानहरूको संरक्षणका लागि कृषकहरूलाई मल, बिउमा अनुदान दिदैँआइरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । महोत्सव पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुङ्गा टोल विकास संस्थाको स्थानीय व्यवस्थापन सम्पन्न गरिएको हो ।

फोटो-पोखरा महानगरपालिका