३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कसरी रहन्छ जुम्ल्याहा गर्भ ? थाहा पाईराखौँ

कसरी रहन्छ जुम्ल्याहा गर्भ ? थाहा पाईराखौँ
अ+ अ-

काठमाडौं । घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई/दुई वटा बच्चाको आगमन एकै पटक हुन्छ । त्यो पनि ‘जुम्ल्याहा’का रूपमा । तर जुम्ल्याहा बच्चा कसरी जन्मन्छ ? यसबारे धेरैमा चासो पाइन्छ ।

जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ? थापाथलीस्थित परोपकार म्याटरनिटी तथा महिला अस्पताल – प्रसूति गृहका निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्याहा बच्चा जन्मने गर्छन् । यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ ।

सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ । जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक ।

डा। जागेश्वर गौतमका अनुसार मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्ब्रिओको रूपमा विकसित हुने गर्छ । यस्ता बच्चाहरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल एउटै अनुहार भएका छोरा/छोरा वा छोरी/छोरी हुने गर्दछ ।

जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् । त्यस्तै, उनीहरूमध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।डाइजाइगोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाहरू जन्मने गर्छन् । यस्ता बच्चाको आनुवंशिक संरचना पनि भिन्नाभिन्नै हुने गर्छ ।

कतिको सुरक्षित मानिन्छ, जुम्ल्याहा गर्भधारण ? कैयौ मानिस एकै पटक दुईटा बच्चा जन्माउने चाहना राख्ने गर्छन् । उनीहरू भन्ने गर्छन्, ‘डाक्टर साब, पटक पटक बच्चा जन्माउनुभन्दा एकै पटक जन्माउन चाहन्छौं । त्यसैले, एकै पटक जुम्ल्याहा बच्चा जन्माउने तरिका बताइदिनुस् ।’ जब कि कृत्रिम तरिकाले जुम्ल्याहा गर्भधारण गर्नु आफैमा जोखिमपूर्ण रहेको चिकित्सकहरू बताउँछन् । भन्छन्, ‘प्राकृतिक तरिकाले दुईटा गर्भ रहन्छ भने त ठिकै छ, हैन भने कृत्रिम गर्भधारणा गर्दा स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तन्छन् । ‘

जुम्याहा गर्भमा ध्यान दिनु पर्ने कुरा – महिनावारी रोकिनासाथ महिलाले सबैभन्दा पहिले गर्भ रहेको जान्न जरुरी छ । गर्भ रहेको थाहा भएमा ६ देखि आठ हप्ताभित्रमै अनिवार्य अल्ट्रासाउण्ड गर्न जरुरी छ । यसले चारवटा फाइदा गर्छ । पहिलो गर्भ रहेको थाहा हुन्छ । त्यस्तै गर्भको साइज पत्ता लगाउन सकिन्छ । गर्भमा रहेको शिशु पाठेघरभित्र छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ भने चौथोमा गर्भ एउटा छ कि दुईटा छ भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

एक पटकमा एकभन्दा धेरै गर्भ रहेको थाहा हुनासाथ उक्त गर्भ बढेको छ कि छैन, रक्तसञ्चार राम्ररी भएको छ कि छैन भनेर पनि पत्ता लगाउनु पर्छ । किनकि कैयांैपटक दुईटा गर्भ रहे पनि एउटा गर्भ अगाडि बढ्दैन । आफंै तुहिएर जान्छ । त्यस्ता गर्भपात रगतबाट पनि बाहिर निस्कन्छ भने कहिलेकाहीँ पेटभित्र आफै हराएर पनि जान्छ ।

जुन महिलामा दुईटा गर्भ बस्छ- उनीहरूलाई पहिलो तीन महिना धेरै वाकवाकी लाग्ने, वान्ता हुने तथा चक्कर लाग्ने गर्दछ । त्यसैैगरी हर्मोन सम्बन्धी परिवर्तन पनि धेरै देखिने गर्दछ तर यसबाट बच्चाको वृद्धिविकासमा भने खासै असर पर्दैन ।त्यसबाहेकको तीनदेखि छ महिनामा बच्चालाई कुनै समस्या नहोस् भन्नका लागि गर्भवती महिलाको भिडियो एक्सरे गर्नुका साथै रगत जाँच गर्नु पर्दछ ।

जुम्ल्याहा गर्भ रहेमा गर्भवती महिलामा पर्ने असर ? जुम्ल्याहा गर्भ रहेमा गर्भमा रहेको शिशुको ध्यान राख्न जति आवश्यक छ, गर्भवती महिलालाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । किनकी जुम्ल्याहा गर्भ रहेमा गर्भवती महिलालाई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।

त्यसबाहेक, जुम्ल्याहा गर्भमा समय अगावै डेलिभरी हुने सम्भावना पनि बढी हुने गर्छ । उदाहरणका लागि सामान्य गर्भ रहँदा एउट गर्भवती महिलाले ३९ हप्तामा शिशुलाई जन्म दिन्छिन् भने गर्भमा जुम्ल्याहा शिशु भए गर्भवती महिलाले ३६ हप्तामै बच्चा जन्माउने गर्छिन् । त्यस्तै गर्भमा तिम्ल्याहा शिशु भएमा गर्भवती महिलाले शिशु जन्माउने सम्भावना अझै छिटो हुने गर्छ ।

जसका कारण गर्भमा रहेको शिशुको शारीरिक विकास राम्ररी नहुने, रोग प्रतिरोधात्मक क्षमता कम हुने लगायतका स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तिने गर्छ । हिजोआज जुम्ल्याहा धेरै जन्मनुका कारण डा. जागेश्वर गौतमलाई आधार मान्ने हो भने आजकल धेरै दम्पत्तीमा बाझोपनाको समस्या देखिएको छ । बाँझोपनाकै कारण महिलाहरूलाई गर्भ रहने औषधी (ओभ्युलेशन इन्ड्युसिङ्ग मेडिसिन)को सेवन सुझाव दिने गरिन्छ । जसको सेवनले गर्भमा एकभन्दा बढी अण्डा रहने सम्भावना अधिक हुने गर्दछ ।

विशेषगरी, मोनोजाइगोटिकमा दुईटा गर्भ रहनुबारे यकिन कारण थाहा नभए पनि डाइजाइगोटिकमा भने आनुवंशिक कारण, गर्भ बस्ने वा गर्भनिरोधक चक्कीको सेवन, आईभीएफ प्रविधि लगायतका कारण पनि जुम्ल्याहा बच्चा जन्मन सक्ने डा। जागेश्वर गौतम बताउँछन् ।

आनुवंशिक कारण – परिवारमा कसैको जुम्ल्याहा बच्चा छ भने उक्त परिवारमा फेरि पनि जुम्ल्याहा बच्चा जन्मिने सम्भावना धेरै हुने गर्छ ।त्यसैगरी, कसैको भाइ वा बहिनी जुम्ल्याहा छन् भने उनीहरूबाट जन्मने सन्तान पनि जुम्ल्याहा हुन सक्दछन् । यस्तो सम्भावना प्रायः आमा वा आमाको परिवारमा निर्भर गर्छ ।

गर्भ बस्ने चक्कीको सेवन – हिजोआज धेरैलाई बाझोपनाको समस्या छ । बाँझोपनाकै कारण अधिकांश महिलाहरूले गर्भ बस्ने औषधीको सेवन गर्दछन् । यस्ता औषधी सेवन गर्दा महिलाको पाठेघरमा एकभन्दा बढी अण्डा निस्कने सम्भावना धेरै हुने गर्छ । जब ती अण्डा लाखौ शुक्रकीटको सम्पर्कमा आउँछ, ती लाखौ शुक्रकीटमध्ये एकदुईवटा शुक्रकीट उक्त अण्डाको सम्पर्कमा आएर विकसित हुने गर्दछ । यसबाट जुम्ल्याहा बच्चा जन्मने सम्भावना बढी हुने गर्दछ ।

पहिले नै दुईटा बच्चा भएमा – घरमा पहिले नै जुल्याहा बच्चा छन् भने पनि त्यस्ता आमाबाबुबाट जन्मने अर्को बच्चा पनि जुल्ल्याहा हुने सम्भावना धेरै हुने गर्छ । त्यति मात्र होइन, पहिले पनि आमा बनिसकेका महिलाको अर्को सन्तान जुल्ल्याहा हुनसक्छ ।

टेष्टट्युब बेबी रआईभीएफ प्रविधि – माथि दिइएको तरिका अपनाउदा समेत आमा बन्न सकिएन भने आईभीएफ (इनभिट्रो फर्टीलाइजेसन) पद्धति अपनाएर पनि जुल्ल्याहा बच्चा जन्माउन सकिन्छ । आईभीएफ/ इनभिट्रो फर्टीलाइजेशन प्रक्रिया अन्तर्गत बच्चा जन्माउँदा अण्डालाई बाहिर फर्टीलाईज गराएर पाठेघरमा हालिन्छ, जसका कारण बच्चा जुम्ल्याहा हुने सम्भावना अधिक हुने गर्दछ ।

जुम्ल्याहा बच्चा जन्माउदा ध्यान दिनुपर्ने कुरा – जुम्ल्याहा बच्चा जन्मदाँ घरमा जति खुसी छाउँछ, सामान्य प्रसूतिका क्रममा गर्भवती महिलाले त्यति नै धेरै कठिनाइको सामना गर्नु पर्ने हुन्छ । विशेषगरी सामान्य प्रसूतिद्वारा गर्भवती महिलाको प्रसूति गराउँदा उनीहरूमा रक्तश्राव धेरै हुने तथा रगतको कमी भई ज्यान समेत जानसक्ने खतरा बढी हुन्छ ।

त्यसबाहेक, गर्भावस्थाका क्रममा गर्भमा रहेको शिशुलाई रगतको आवश्यकता बढी हुने भएकाले गर्भवती महिलाले फोलिक एसिड, आयरन, क्याल्सियम लगायतका पोषणतत्वयुक्त भोजन सेवन गर्नु जरुरी छ । अन्यथा गर्भवती महिलालाई रक्तअल्पता हुने सम्भावना धेरै हुन्छ ।