१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरसरकारी वित्त परिषदको ११ औ वैठक, वित्तीय संघीयतप्रतिको अर्थमन्त्री खनालको प्रतिवद्धता



अ+ अ-

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तहहरु स्वतन्त्र र स्वयम उत्तरदायी रहेको बताउनु भएको छ ।

अन्तर सरकारी वित्त परिषदको एघारौँ बैठकमा परिषदका संयोजक रहनु भएका अर्थमन्त्री खनालले वित्तीय संघीयतप्रतिको प्रतिवद्धता समेत जनाउनुभयो।उहाँले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही कर सम्बन्धी सेवाहरु स्थानीय तहबाट सुरु गर्ने प्रबन्ध गरीएको जसका कारण करदाताले स्थानीय स्तरमै सेवा प्राप्त गर्ने र स्थानीय तहको राजश्व क्षमता समेत अभिवृद्धि हुने जानकारी गराउनु भयो।

अर्थमन्त्रालय, वित्तीय संघीय समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलले वित्तीय संघीयता कार्यान्वयनको कार्यक्रममा तीनै तहबाट सुशासनको प्रत्यक्ष अनुभूति हुनेगरी सेवा प्रवाह गर्ने विषय, संघ, प्रदेश र स्थानीय तहले बजेट तथा आयोजनाहरुको कार्यान्वयन, करको कार्यान्यनको विषयमा देखिएका विवादहरुको निरोपण, राजस्व तथा खर्चको लेखा विधि र त्यसको प्रतिवेदन प्रणाली व्यवस्थित गर्ने विषय, जनशक्ति व्यवस्थापन तथा तेस्रो सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन, वित्तीय अनुशासन, आगामी निर्वाचनमा तीन तहको साधनस्रोतको प्रयोग तथा आगामी अन्तरप्रदेश परिषदको बैठकमा राख्नुपर्ने सुझावको लागि समेत बैठक आयोजना गरिएको बताउँदै मूलभूत रुपमा बजेट कार्यान्वयनमा देखा परेका अन्तर-सरकार तथा अन्तर निकायगत समस्याहरु बैठक समक्ष राख्न र यसमा छलफल गरी ठोस निष्कर्षमा पुग्न आग्रह गर्नु भएको थियो।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री तथा अर्थ मन्त्री र अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु लगायत परिषद्‌का सबै सदस्यहरु एवं विज्ञहरुले वित्तीय संघीयता कार्यान्वयनको सम्बन्धमा देखा परेका समस्या र समाधानका उपायका सम्बन्धमा आ-आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा सातै प्रदेशका अर्थमन्त्रीहरुले संयुक्त रुपमा तयार गरेको वित्तीय संघीयता संवद्ध घोषणापत्र कार्यान्वयन सहजीकरणका लागी संघीय अर्थमन्त्री समक्ष पेश गर्नुभएको थियो।

कार्यक्रममा नगरपालिका संघ र गाउँपालिका महासंघका अध्यक्ष सहित विभिन्न पालिकाका प्रतिनिधि सदस्यहरुले वित्तीय समानीकरण अनुदान विनियोजन बमोजिम प्राप्त हुनुपर्ने, वित्तीय संघीयता कार्यान्वयनसँग सम्बन्धित कानूनी तथा प्रक्रियागत विषयहरुमा छिट्टै टुंगोमा पुग्नु पर्ने, विभिन्न कानूनहरु कार्यान्वयनमा देखिएका अन्तर विरोधहरुलाई सम्बोधन गरिनु पर्ने, प्रदेश र स्थानीय तहले भोग्नु परेको आयोजना व्यवस्थापन, संगठनात्मक संरचना तथा व्यवस्थापन, जेनजी आन्दोलनमा क्षती भएका भौतिक पुर्वाधार पुनस्निर्माणमा सहयोग हुनपर्ने लगायतका विषयमा धारणा प्रस्तुत गर्नु भएको थियो।

यसैक्रममा विज्ञ सदस्यहरु, विभिन्न मन्त्रालयका सचिवहरु, अर्थ सचिव एंव नेपाल राष्ट्र बैंकका गभर्नर ले बैठमा उठान भएका विषयमा जवाफ वित्तीय संघीयता सुदृढीकरणका लागि दिदै आ(आफ्नो क्षेत्रबाट योगदान पुर्याउने धारणा राख्नुभयो।