काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो हुँदै गएको बताएका छन् । प्रवक्ता खतिवडाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ’, मन्त्री खतिवडाले भने, ‘मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ ।’