२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने



अ+ अ-

काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उहाँले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने विश्वास दिलाउनुयो । उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गर्नुभएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

सो क्रममा उहाँहरूबीच समग्र मुलुकको शान्तिसुरक्षा, अपराध नियन्त्रण, प्रदेश–सङ्घीय सुरक्षा समन्वयलगायत पक्षलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको थियो ।