१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा एमालेका सात पदाधिकारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सात जना पदाधिकारीहरूले अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसंग आग्रह गरेका छन् ।

साथै उनीहरूले पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट  अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान गर्ने निष्कर्ष अधि सारेका छन् ।

एक नेताका अनुसार अझै पनि पार्टीमा सहमतिका आधारमा नेतृत्व निर्माणको औचित्य र आवश्यकता कायमै रहेको समेत जनाएका छन् ।