९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीबाट नेकपाको पार्टी एकता सन्देश सभा सुरु



अ+ अ-

कैलाली । धनगढीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता सन्देश सभाको औपचारिक सुरुवात गरेको छ। पार्टी संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा प्रदेश तथा केन्द्रका शीर्ष नेताहरू सहभागी भएका छन्।

भानुभक्त जैसीको अध्यक्षतामा सुरु भएको सभामा प्रचण्ड, माधव नेपाल, भीम रावल, गिरिजामणि पोखरेलसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन्।

नेकपाका अनुसार आजबाट सुरु भएको एकता सन्देश सभा मङ्सिर २३ गतेसम्म देशका विभिन्न प्रदेशमा क्रमशः सञ्चालन हुने छ। सुदूरपश्चिमबाट सुरु भएको कार्यक्रम लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, संघीय संरचना समन्वय प्रदेश, मधेश र अन्त्यमा बागमती प्रदेशसम्म पुग्नेछ।

यसबाहेक, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मङ्सिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा आयोजना गर्ने निर्णय गरिएको पनि पार्टीले जनाएको छ।