१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर १७ मा ‘उज्यालो नेपाल पार्टी’ औपचारिक रूपमा घोषणा हुने



File Photo
अ+ अ-

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक हुने भएको छ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले सो दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा भव्य घोषणासभा आयोजना गरिने जानकारी दिएको छ।

घोषणासभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहने छन्। कार्यक्रममार्फत पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०७९र८२ सार्वजनिक गरिने पार्टीले जनाएको छ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिअनुसार उज्यालो नेपाल पार्टीले समान दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, संघ–संस्था, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग उज्यालो सपनालाई साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ। आम नेपाली जनताले विश्वास गरेको, कामबाट प्रमाणित नेतृत्व हाम्रो सबैभन्दा ठूलो पूँजी हो।’

पार्टीले आफू नयाँ राजनीतिक विकल्पका रूपमा उदाउँदै देशको रूपान्तरणका लागि प्रभावकारी भूमिका खेल्ने दाबी गरेको छ।