६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालका अनुसार आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन नेपाली सेना परिचालन गर्ने सरकारको सिफारिसलाई राष्ट्रपति कार्यालयले स्वीकृति दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को मिति २०८२र०८र०८ को निर्णयका आधारमा २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेना परिचालन गर्ने अनुमोदन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा निर्वाचनको शान्ति–सुरक्षाका लागि नेपाली सेना परिचालनको व्यवस्था मिलाइने स्पष्ट गरिएको छ।