काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालका अनुसार आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन नेपाली सेना परिचालन गर्ने सरकारको सिफारिसलाई राष्ट्रपति कार्यालयले स्वीकृति दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को मिति २०८२र०८र०८ को निर्णयका आधारमा २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेना परिचालन गर्ने अनुमोदन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा निर्वाचनको शान्ति–सुरक्षाका लागि नेपाली सेना परिचालनको व्यवस्था मिलाइने स्पष्ट गरिएको छ।











