२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नीति र नेतृत्वमा असफल महामन्त्रीहरु कुन नैतिकताले पदीय दायित्वमा रहिरहने ?

नीति र नेतृत्वमा असफल महामन्त्रीहरु कुन नैतिकताले पदीय दायित्वमा रहिरहने ?
अ अ+ अ-

२०८० फागुन ७ गते देखि १० गते सम्म ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमितिको बैठक सम्पन्न भयो ।

यो महासमितिको बैठकलाई पार्टीका दुई जना महामन्त्रीहरुको प्रस्तावमा नै पार्टीले ‘नीति अधिवेशन’को संज्ञा दिएको थियो ।

यो नीति अधिवेशनमा सहभागी हुनेहरु सबैलाई राम्रोसंग थाहा छ कि पार्टीका दुई जना महामन्त्रीहरुले उद्घाटन मन्तव्य, समापन मन्तव्य र कार्यपत्रको प्रस्तुतिकरण गरि तीन पटक लामो लामो समय लिएर आ–आफ्नो धारणा राख्नु भयो ।

तर, त्याहा नीतिहरुको विषयमा कुनै गम्भीर छलफल नै भएन । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा,जसलाई केन्द्रीय कार्य समितिको बैठकबाट नै निरुपण गर्न सकिन्थ्यो, केही व्यक्तिहरुबाट होहल्ला र नाराबाजी गराउनु भयो ।

नीति अधिवेशन कुनै गंभीर छलफल र निष्कर्ष बिना नै सुगन्ध बिनाको फूल जस्तो फिका फिका सम्पन्न भयो ।

देश भरीका साथीहरुलाई दु:ख मात्रै भयो ।

लामो लामो र पट्यारलाग्दो भाषण सुनेर निराश भएर गोदावरीबाट साथीहरु घर फर्किनु भयो ।

नीति अधिवेशनमा एक जना महामन्त्रीले ‘राजनीतिक प्रस्ताव’ र अर्को महामन्त्रीले ‘सांगठनिक प्रस्ताव’ पेस गर्नु भएको थियो ।

तर ती दुबै प्रस्तावहरुले नत संगठन जोगाउन सक्यो, नत देशको राजनीतिलाई नै मूलधारमा कायम राख्नुसक्यो ।

पार्टीका महामन्त्रीहरुले आज फेरि आफैले प्रस्तुत गरेको ती प्रस्तावहरु गहिरिएर पढने हो कि ?

गठबन्धन गर्नु हुंदैन भनेर प्रस्ताव लाने एक जना महामन्त्री त कांग्रेस – एमाले गठबन्धनको बेला नेपालको संविधानले नचिनेको सरकार संचालन गर्ने एउटा समितिको सदस्यमा गर्वको साथ बसेको दृष्टान्त ताजै छ ।

गोदावरीमा दुई जना महामन्त्रीहरुले प्रस्तुत गर्नु भएको प्रस्तावहरु आज सम्पुर्णरुपले असान्दर्भिक र असफल भई सक्यो ।

महामन्त्रीहरुको नीति पनि असान्दर्भिक र असफल भई सक्यो र नेतृत्व पनि काम गर्न नसकेर असान्दर्भिक र असफल प्रमाणित भई सक्यो ।

नीति पनि असफल र नेतृत्व पनि असफल भई सकेको महामन्त्रीहरु कुन नैतिकताले पदीय दायित्वमा रहिरहने हो ? महामन्त्रीहरुले गम्भीरतापूर्वक विचार गर्ने हो कि ?

आज फेरि, नेपाल अत्यन्त कठिन मोडमा उभिएको समयमा र राष्ट्रिय राजनीतिमा पार्टीले गंभीरतापुर्वक सक्रिय भूमिका खेल्नु पर्ने समयमा विधानको धारा १७(२) को गलत तर्क गरेर दुई जना महामन्त्रीहरु के को लागि दिनरात सक्रिय हुनुहुन्छ, बुझ्न सकिएको छैन ।

प्रष्ट छ, विधानको धारा १७(२)ले नेतृत्व परिवर्तन गर्न सक्दैन । नीतिहरुको लागि निर्णय गर्न केन्द्रीय कार्य समितिको बैठक नै पर्याप्त छ ।

देश भरीका पार्टीका साथीहरुमा अन्यौल, अनिश्चितता र निराशा सिर्जना गर्न केही साथीहरु सामाजिक संजाल मार्फत् अत्यन्त सक्रिय रहनु पार्टीको लागि अकल्पनिय दु:खदायी र दुर्भाग्यपुर्ण परिस्थिति हो ।

महामन्त्रीहरुले उठाउनु भएको नीतिहरुसंग सम्बन्धित विषय केन्द्रीय कार्य समितिको बैठकबाट नै यस सम्बन्धमा गंभीर छलफल गरेर सजिलै निर्णय गर्न सकिन्छ ।

विधानको घारा २६ अन्तर्गत सभापतिले राजीनामा दिईसकेको परिस्थितिमा मात्रै कार्यवाहक सभापतिले ६ महिना भित्र बोलाउनु भएको विशेष महाधिवेशनले मात्रै नयां सभापतिको चयन गर्न सक्छ ।

यसैगरि, विधानको धारा ४४ अनुसार सभापति वा पदाधिकारी विरुद्ध विधान अनुसार आएको अविश्वास प्रस्ताव विधानमा व्यवस्था भएको प्रक्रिया अनुसार नै महाधिवेशन प्रतिनिधिहरुले पास गरेमा मात्रै सभापति वा पदाधिकारी हटाउन सकिने व्यवस्था रहेको छ ।

यि सबै कुरा दुई महामन्त्रीहरुले राम्ररी प्रष्टसंग बुझ्नु भएको छ । फेरि पनि के को लागि साथीहरुलाई सडकमा पठाई रहनु भएको छ । बुझ्न सकिएको छैन ।

बिना पूर्वाग्रह, आशा र सम्मानका साथ म साथीहरुलाई आग्रह गर्न चाहन्छु कि पार्टीका दुई जना महामन्त्रीहरुको गोदावरीमा प्रस्तुत प्रस्तावहरुलाई राम्ररी नियाल्नु होस्। वहांहरु के बोलि रहनु भएको छ र के गरि रहनु भएको छ, सूक्ष्मरुपले अध्ययन र विश्लेषण गर्नु होस् । वहांहरुको उद्देश्य के हो ? प्रष्ट सोध्नु होस् ।

साथीहरु, कतै तपांईहरु भ्रममा त परिरहनु भएको छैन ? कतै तपांईहरुको पवित्र भावनाको अपमान त भई रहेको छैन ?

साथीहरु, सबैलाई प्रष्टसंग थाहा छ कि विधानको धारा १७ (२) ले पार्टीको कुनै पनि तहको नेतृत्व परिवर्तन गर्न सक्दैन ।

साथीहरु, तपांईहरुले चाहेको कस्तो नीति हो , प्रष्ट गर्नु होस्, ती नीतिहरु केन्द्रीय कार्य समितिको बैठकबाट नै छलफल गरेर निर्णय गर्न सकिन्छ ।

त्यसको लागि १७(२) को विशेष महाधिवेशन नै चाहिन्दैन ।

यदि पार्टिलाई नयां नीति नै चाहिएको हो भने गोदावरीमा दुई जना महामन्त्रीहरुले प्रस्तुत गरेको राजनीतिक र सांगठिनक प्रस्तावहरु असान्दर्भिक र असफल भई सकेको ठहर गर्दै र महामन्त्रीहरुले नैतिक जिम्मेवारी लिंदै ती प्रस्तावहरुलाई खारेज गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा लानु पर्दछ ।

पार्टीले निर्वाचनमा जाने निर्णय गरि सकेको समयमा, सबै दलहरुले निर्वाचनको लागि तयारी गरि रहेको समयमा, नेपालको राजनीति गंभीर मोडमा उभिएको समयमा, पार्टीको जनमत खस्किएको समयमा र पार्टीका साथीहरुको मनोबल खस्किएको समयमा नचाहिने किचलो गर्ने हो कि पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने हो ? यतिबेला पार्टीका साथीहरुको मनोबल उकास्ने समय हो ।

अहिलेको समयमा निर्वाचन मात्रै एउटा वैधानिक विकल्प हो, जसले नेपालको राजनीतिलाई केही अंशमा भए पनि मूल बाटोमा ल्याउन मद्दत गर्न सक्छ ।

यसैले साथीहरु, तपांईहरु आफै योग्य र सक्षम हुनु हुन्छ । आफै विचार गर्नु होस् । कुनै प्रकारको भ्रममा नपर्नु होस् ।

नेपाली कांग्रेस भ्रममा पर्यो भने पार्टीको भविष्य मात्रै होईन, नेपालमा लोकतन्त्रको भविष्य पनि अन्यौलमा पर्न सक्छ ।

(नेपाली कांग्रेसका नेता कल्याण गुरुङले आज सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका धारणा ।)