५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनु भयो । उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले निर्वाचनमा वुद्धि विवेक पु¥याएर नेतृत्व छान्न समेत आग्रह गर्नुभयो । निर्वाचनको समयमा वुद्धि विवेक नपु¥याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाई छ । उहाँले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश निर्वाचनमय बनेको छ । सबैजनाले इलेक्शनमा भाग लिन्छु भनेर आएको छ, यो सबभन्दा खुशीको विषय हो । अब इलेक्शन हुनुपर्छ । कुनैपनि हालतमा नेपालमा तोकिएको समयमा इलेक्शन हुन्छ, हुनुपर्छ । यो समय अब सबैले आफ्नो बुद्धि विवेक लगाउने समय हो । जुन बेला बुद्धि विवेक लगाउने समय आउँछ, त्यसबाट हामी पछाडी हट्ने र त्यो समय अवसर गुमेपछि अनि बोल्दै हिड्ने यो पनि भएन यो गरेन भन्ने होईन । अब विवेक लगाउनुस् । सही लिडरसिप सेलेक्सन तपाईहरुले गर्नुस् । त्यो सबैभन्दा महत्वपूर्ण समय अहिले आएको छ । त्यो समयलाई सदुपयोग गर्नुस्, सहि व्यक्तित्व, नयाँ लिडरसीप, योङ लिडरसीपहरु जसले देशलाई परिवर्तन गर्नसक्छ, देशलाई एउटा नयाँ दिशा दिनसक्छ, त्यस्ता व्यक्तित्वहरुलाई छान्ने,चुन्ने काम तपाईंहरुले गर्नुहोला ।’

उहाँले यसअघिको नेतृत्वले राजनीतिक परिवर्तन नेतृत्व गर्न सफल भएपनि विकासको नेतृत्व गर्न भने असफल भएको बताउनु भयो । उहाँले अब देश विकास गर्ने नेतृत्वको आवश्यक रहेको उल्लेख गर्नुभयो ।