५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

रास्वपाद्वारा सबै वैकल्पिक शक्तिलाई एकजुट हुन आह्वान

रास्वपाद्वारा सबै वैकल्पिक शक्तिलाई एकजुट हुन आह्वान
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकभरिका सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। रास्वपाको सचिवालय बैठकले यस सम्बन्धमा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको हो।

सचिवालय बैठकमा उच्च संवाद समितिले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगतिको बारेमा ब्रिफिङ प्रस्तुत गरेको थियो। बैठकमा नेताहरूले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउने विषयमा छलफल गरेका छन्।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, केन्द्रीय समितिको ३ मंसिरको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन सचिवालयबाट आवश्यक सहजीकरण गरिने छ।

सचिवालय बैठकमा निर्णय भएका पाँच मुख्य बुँदा यस प्रकार छन्ः

-विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिद्वारा ब्रिफिङ भएको र सम्भाव्य राजनीतिक ध्रुवीकरण तथा सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक सहजीकरण गर्ने निर्णय।

-पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेका रिक्त पदहरू भर्न योग्य सदस्यहरूको नाम सिफारिस गर्न केन्द्रीय समितिसँग अनुरोध गर्ने निर्णय।

-प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय।

-सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय।

-कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय।