१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा चर्किंदै विवाद, विशेष महाधिवेशन पक्षधरको आज भेला



अ+ अ-

काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किंदै गएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।

भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि नेताहरू सहभागी हुनेछन् ।

कांग्रेस केन्द्रीय समिति गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा पछि भन्ने विषयमा विवाद छ ।