२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा चर्किंदै विवाद, विशेष महाधिवेशन पक्षधरको आज भेला



अ+ अ-

काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किंदै गएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।

भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि नेताहरू सहभागी हुनेछन् ।

कांग्रेस केन्द्रीय समिति गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा पछि भन्ने विषयमा विवाद छ ।