१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

जेन–जी अभियन्ता रक्षा बमले मागिन चुनाव हुन दिन्ने भन्नेसँग संविधानबारेको धारणा ?

जेन–जी अभियन्ता रक्षा बमले मागिन चुनाव हुन दिन्ने भन्नेसँग संविधानबारेको धारणा ?
अ अ+ अ-

काठमाडौं । जेन–जी अभियन्तासमेत रहेकी जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले चुनाव हुन्न दिन्ने भन्नेहरुसँग संविधानबारेको धारणा स्पष्ट पार्न माग गरेकी छन् ।

संयोजक बमले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चुनाव हुन दिन्नौं भनेर कसले किन भनिरहेको छ भन्ने प्रश्न गर्दै चुनाव गराउन नदिनेहरुले सरकारलाई नै कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएकी हुन् ।

उनले जेन–जी आन्दोलनपछि गठन भएको नागरिक सरकारलाई आन्दोलनको म्यान्डेट दिएको भन्दै लोकतान्त्रिक बाटोबाटै देशलाई निकास दिनुपर्ने बताएकी छन् ।

चुनाव हुन नदिने एमाले र केही जेन–जीका प्रतिनिधिप्रति कटाक्ष गर्दै उनले नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न आफूहरुले चाहेको स्पष्ट पारेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्–

“चुनाव हुन दिन्नौ !” – यो कसले किन भनिरहेको छ ? अनि कुन घमन्ड र शानका साथ भनिरहेको छ ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाईरहेको छ ? चुनाव हुन दिन्नौ भनिरहेकाहरूको संविधान बारे के धारणा छ ? मूल प्रश्न यतिखेर यो हुनुपर्छ ।

तात्कालिन सरकारको तानाशाहीपन जोगाउनका खातिर भदौ २३ मा जसरी सरकार निरकुंश बन्यो र त्यसपछि जे जस्तो अवस्था सिर्जना भयो त्यो हामी सबै सामु प्रष्ट नै छ । लोकतन्त्रमाथि र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएकै हो। राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौ । संविधान भनिरह्यौ । र त्यसपछी बनेको नागरिक सरकारलाई हामीले प्रष्टसँग आन्दोलनको म्यान्डेट दिएका छौं। हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ । र यतिखेर लोकतान्त्रिक निकाशबाट पर हट्नु भनेको सिङ्गो देशले त्यसको भार खेप्नु हो । फेरी अर्को तानाशाहको पाउमा लगेर देशको बागडोर सुम्पनु हो ।

उसो त भदौ २३ अगाडीसम्म तानाशाही निरंकुशता देखाईरहेका केपी ओली पनि त सत्तासँगको Break Up पछि, जनताले गरेको Rejection सहन नसकेर गुण्डुमा संसद पुनस्थापनाको एकोहोरो सुगा रटाई बम्किरहेकै छन । Rejected प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रूवाई । एकातिर ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ वाला रून्चे आक्रोश छदैछ तर अर्कोतिर एमालेले अर्को भाग पाईहालिन्छ कि भनेर दल दर्ता गराएको छ । यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा भने एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ । त्यो बाहेक संक्रमणकालीन अवस्थालाई झन अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जो जति छन, तिनीहरू सबै यतिखेर चुनावको बिपक्षमा छन र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन ।

आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्‍याउन खोजिरहेका छन उनीहरू ? ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ भन्ने ओलीहरू र ‘हामी चुनाव दिन्नौं’ भन्ने Gen Z साथीहरू तपाईहरूलाई स्पष्ट होस, हामी त लोकतन्त्र चाहन्छौ। लोकतान्त्रिक निकास चाहन्छौ । र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौ ।

सबैले याद गरौ – लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र नै हो ।

लोकतन्त्र – अमर रहोस ।

गणतन्त्र – जिन्दावाद ।