५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

विभिन्न स्थानबाट १३ जना पक्राउ

विभिन्न स्थानबाट १३ जना पक्राउ
अ+ अ-
काठमाडौँ । देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको छ ।
कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर–तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन् । दाङमा अलग अलग स्थानबाट कुमार नेपाली, विजय अधिकारी र कर्णबहादुर विकलाई ब्राउनसुगर तथा हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको गणेशपुर बाइपासमा दीपक थापा क्षेत्री ब्राउनसुगरसहित पक्राउ परेका छन् । मकवानपुरको हेटौँडामा घरतलासी क्रममा सीताराम दोङबाट हेरोइन र ५२ थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ ।
झापाको मेचीपुलमा जाँचका क्रममा भारतबाट प्रवेश गर्दै गरेको अवस्थामा दिलीपकुमार माझी र रोमा राणा ब्राउनसुगरसहित पक्राउ परेका छन् । सुनसरीमा धरानबाट सनम लिम्बू ट्रामाडोल, स्पास्पेन ट्याब्लेटसहित र इनरुवाबाट सन्तोष राई ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
मोरङको विराटनगरमा भारतबाट पैदल आउँदै गरेका दुर्गानन्द यादव हेरोइनसहित पक्राउ परेका छन् । बाँकेको चिसापानीमा विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको छ । सबै घटनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको छ ।