५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

ओली लक्षित गृहमन्त्रीको टिप्पणीः ‘सरकारले कामले नै जवाफ दिन्छ’

ओली लक्षित गृहमन्त्रीको टिप्पणीः ‘सरकारले कामले नै जवाफ दिन्छ’
अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशद्वारा मंगलवार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताउनु भयो । वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उहाँको दाबी छ । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताउनु भयो । निर्वाचन हुँदैन भन्नेहरुलाई सरकारले कामले जवाफ दिने र दिइरहेको उहाँको भनाई छ ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्नै नसक्ने बताउँदै आउनुभएको छ । गृहमन्त्री अर्यालले आफ्नो ईच्छाले आफूहरु सरकारमा नआएको पनि बताउनु भयो । देश शुन्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरुको केन्द्रित रहेको उहाँको भनाई छ । उहाँले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । संघिय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो । केन्द्रिय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उहाँको भनाई छ । उहाँले निर्वाचनको लागि राजनितिक दलहरुले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औल्याएको उल्लेख गर्नुहुँदै विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याईसकेको दाबी गर्नुभयो । ठूलो संख्यामा कैदीहरु पनि फिर्ता भईसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको छ । हामी यसैलाई मुल मन्त्र बनेर काम गरिरहेका छौँ । विभिन्न बाहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैन भन्ने कहीँ कतै सुनिएका पनि होलान् । सार्वजानिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भुमिकाबाट जवाफ दिन्छ, दिइरहेको पनि छ । हामी कुनै अपेक्षाले आएका होइनौँ । हाम्रो व्यक्तिगत ईच्छाले आएका पनि होईनौँ । देशको विशिष्ट अवस्थामा शुन्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ पनि छैन । प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर स्वहासिल गर्ने दिशामा सरकार केन्द्रित रहेको छ । निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेका छौँ । शान्ति सुव्यवस्था कायम गर्न एवम् निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ । सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी  संयन्त्रहरु बनाएको छ । केन्द्रिय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरि कार्यान्वयनमा ल्याउनेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिक दलहरुले फरार कैदीबन्दी र लुटिएका हतियारलाई निर्वाचनको प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याउनुभएको छ । हामीले विशेष अपरेशन मार्फत हतियार फिर्ता ल्याईसकेका छौँ भने ठूलो संख्यामा कैदीहरु पनि फिर्ता भईसकेका छन् ।’ 

उहाँले निर्वाचनको तयारी स्वरुप नै लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको बताउनु भयो । अन्य प्रदेशमा पनि गोष्ठी आयोजना गर्ने उहाँको भनाई छ । उहाँले प्रहरीहरुलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी