५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन जारी गरिने

मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन जारी गरिने
अ+ अ-

काठमाडौँ । “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०८२” धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ ।

धितोपत्र सम्वबन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्ने तयारी स्वरुप प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको हो । मस्यौदामा मार्जिन कारोवारका लागि योग्य शेयरको व्यवस्था गरिएको छ । मार्जिन कारोवार सुविधाको प्रयोजनका लागि कम्तिमा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पूरा गरेको सूचिकृत संगठित संस्थाको शेयर मात्र योग्य हुने व्यवस्था गरिएको छ ।

त्यस्तै, मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता समेत तोकिएको छ । मार्जिन कारोवार सुविधा प्रदान गर्न चाहानेले बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पूरा गरेको हुनुपर्नेछ ।

यस्तै, धितोपत्र बजारको सहमति लिनुपर्ने व्यवस्थाको समेत परिकल्पना गरिएको छ । प्रस्तावित मस्यौदा अनुसार धितोपत्र दलाल व्यवासायीले मार्जिन कारोवार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नु पर्नेछ । धितोपत्र बजारले उपदफा (१) बमोजिम प्राप्त भएको निवेदनका सम्बन्धमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनुपर्ने व्यवस्था गरिएको छ । साथै निर्देशन लागू हुनुपूर्व धितोपत्र बजारबाट मार्जिन कारोवार सुविधा प्रदान गर्न सहमति लिएका धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन । तर यस निर्देशन बमोजिम योग्यता पुगेको कागजात धितोपत्र बजारमा पेश गर्नुपर्नेछ ।

सेबोनले तयार पारेको नयाँ मस्यौदामा ब्रोकरको क्षमता, पूँजी संरचना, एक ग्राहकलाई दिन सकिने सुविधाको सीमा, योग्य सेयरको छनोट, जोखिम व्यवस्थापन प्रक्रिया र मार्जिन कलसम्बन्धी विस्तृत व्यवस्था समेत समेटिएको छ ।

मार्जिन सुविधा दिने स्रोतसम्बन्धी व्यवस्थामा पनि कडाइ गरिएको छ । ब्रोकरले आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, वा आफ्नै शेयरधनी तथा संचालकबाट लिएको असुरक्षित ऋण प्रयोग गर्नसक्ने भएपनि, यस्ता सबै मिलेर ब्रोकरको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नपाइने प्रश्ताव मस्यौदामा समावेश छ । साथै कुनै एक ग्राहकको नगद वा शेयर अर्को ग्राहकलाई मार्जिन दिन प्रयोग गर्न पाउने छैनन् ।

मार्जिनका लागि योग्य शेयरको मापदण्ड पनि कडा बनाइएको छ । कम्पनीलेकम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण गरेको, कम्पनीको नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको,पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष लाभांश वितरण गरेको,र प्रारम्भिक निष्काशनमार्फत सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पुगेको हुनुपर्नेछ ।

लगानीकर्ताले दिने प्रारम्भिक मार्जिनमा कम्पनीको वर्गीकरणअनुसार फरक प्रतिशत लागू हुनेछ । ‘ए’ वर्गमा ३० प्रतिशत,‘बी’ वर्गमा ४० प्रतिशत,र अन्य योग्य कम्पनीका लागि ३५ प्रतिशत नगद वा सेयर जमानत राख्नुपर्ने प्रश्ताव गरिएको छ ।

सेयर मूल्य घट्दै गएपछि कायम राख्नुपर्ने ‘सम्भार मार्जिन’ पनि वर्गीकरणअनुसार तोकिएको छ । ‘ए’ वर्गमा २० प्रतिशत,‘बी’ मा ३० प्रतिशत र अन्य कम्पनीमा २५ प्रतिशत कायम राख्नुपर्नेछ ।

मार्जिन कारोबारका लागि लगानीकर्ताले छुट्टै मार्जिन कारोबार खाता र मार्जिन हितग्राही खाता खोल्नुपर्नेछ । सेयरको मूल्यांकन दैनिक रूपमा मार्क–टु–मार्केट विधिबाट गरिनेछ ।