१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले र राप्रपाले गराए दल दर्ता



अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

आज (मंगलवार) एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन आयोगमा बुझाएका हुन्। निर्वाचन कार्यतालिका अनुसार मंसिर १० गतेसम्म दल दर्ता गराउने समय तोकिएको छ।

एमाले र राप्रपाले समेत दर्ता गराएपछि आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगमा दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यसैबीच, प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइरहेको नेकपा एमालेले आजै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट पनि दायर गरेको छ।