९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अढाई वर्षपछि राप्रपा र राप्रपा संयुक्तबीच आएको एकीकरण



अ+ अ-

थापा, राणा र लोहनी तीनैजना अध्यक्ष

पार्टी फुटको अढाई वर्षपछि राप्रपाका दुई समूहबीच एकीकरण भएको छ । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच चरणबद्ध बैठकपछि पार्टी एकीकरण गर्ने निर्णय भएको हो । लाजिम्पाटको लप्सी गार्डेन होटेलमा शनिबार साँझ एकीकरणसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने गरी साझा संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो । माघ दोस्रो साता एकीकरण गर्ने सहमति भए पनि अन्तिममा रोकिएको थियो ।

६ फागुन ०७३ मा राप्रपा समूहहरूको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनअघि २२ भदौ ०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपा समूहमा स्थापनादेखि नै टुटफुटको शृंखला चल्दै आएको छ । एकीकरणसम्बन्धी सहमतिअनुसार पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुनेछन् । तीनै अध्यक्षको सहमतिका आधारमा केन्द्रीय समितिमा सदस्यको मनोनयन गर्ने सहमति भएको छ । राप्रपाको विधानलाई पार्टीको अन्तरिम विधान मानेर अघि जाने र ६ महिनापछि नयाँ विधान बनाउने सहमति भएको छ ।

सहमतिअनुसार डेढ वर्षमा पार्टीको महाधिवेशन गरिनेछ र त्यतिन्जेल थापा, राणा र लोहनी तीनैजना पार्टी अध्यक्ष हुनेछन् । तीनैजना अध्यक्षको हैसियत समान हुने र बैठकको अध्यक्षता पनि त्यहीअनुसार गर्ने सहमति भएको छ । उनीहरू तीनैजना रहेको केन्द्रीय सचिवालय गठन गर्ने पनि सहमति भएको छ ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार पार्टीको झन्डा राप्रपाले प्रयोग गरिरहेको हुनेछ भने चुनावचिह्न ६ महिनापछि टुंगो लगाउने सहमतिपत्रमा तीनै अध्यक्षले हस्ताक्षर गरेका छन् । राप्रपाको चुनावचिह्न गाई र राप्रपा संयुक्तको हलो छ । चुनावचिह्नमा सहमति नभएर विगतमा एकता अड्किएको थियो । नयाँ पत्रिका दैनिक