१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलमा सट्टेबाजी गराउने ८ भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धित अनलाइन सट्टेबाजीमा संलग्न भारतीय नागरिकको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट आठ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार, उनीहरूले अनलाइन बेटिङ साइट प्रयोग गरी खेलको हार–जितमा पैसा लगानी गर्दै अवैध सट्टेबाजी गतिविधि सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।

उनीहरूको साथबाट १५ वटा मोबाइल फोन बरामद गरिएको र ती उपकरणहरूबाट प्रविधिमार्फत थप प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ। यसअघि पनि प्रहरीले दुई जनालाई यसै प्रकराणमा पक्राउ गरेको थियो ।