१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतमाथि रातो मसी छ्याप्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छः सभापति शेर्पा



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति दुजाङ शेर्पाले विराटनगरमा नेकपा एमाले नेता महेश बस्नेतमाथि भएको आक्रमणमा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन्।

साथै, संगठनको नाम दुरुपयोग गरी गरिएको घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।

विराटनगरमा बस्नेत चढेको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका कार्यकर्ता भएको खुलेसँगै सभापति शेर्पाले घटना नेविसंघको नीति, व्यवहार र संस्कारविपरीत रहेको जनाएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्—
“नेकपा एमाले र अखिलसँग हाम्रो सयौँ विमतिहरू छन्। लोकतन्त्रमा विरोध सबैको अधिकार हो, तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन। संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ।”

शेर्पाले विरोधका नाममा हिंसा र भीडतन्त्रलाई प्रोत्साहन नदिने स्पष्ट गर्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन संगठन आन्तरिक रूपमा कडाइका साथ अघि बढ्ने बताएका छन्।