५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेविसंघमा आवद्ध

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेविसंघमा आवद्ध
अ+ अ-

विराटनगर । मोरङको विराटनगरमा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा छ्यापिएको रातो मसी प्रकरणमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँग आवद्ध दुई युवालाई प्रहरीले नियन्त्रणमा लागेको छ।

आज बिहान एयरपोर्ट लाइनतर्फको सडकमा प्रहरी भ्यानको पछाडि लागेको बस्नेत सवार कार गुडिरहेका बेला सडक किनाराबाट दौडदै आएका युवाले गाडीमा रातो मसी फ्याँकेका थिए।

बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गरेका थिए। मसी फ्याँकिएपछि गाडी रोकिएको र घटनास्थलमै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम छन्। दुबै जना नेविसंघसँग आवद्ध रहेको प्रहरीले पुष्टि गरेको छ।

पक्राउ परेका गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य तथा संस्थापनइतर समूहका नेता हुन्। उनलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेविसंघ इकाइ सभापति बनाएको थियो। त्यही क्याम्पसमा नेविसंघ संस्थापन समूहका सभापति भने प्रशान्त यादव छन्।

अर्पित कुँवर पनि नेविसंघ निकट विद्यार्थी भएको प्रहरी स्रोतले बताएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।