१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतमाथि आक्रमण प्रयासप्रति नेतृ झाँक्रीको आपत्ति



अ+ अ-

विराटनगर । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले नेता महेश बस्नेतमाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति तीव्र आपत्ति जनाउँदै सरकारले घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यो घटनाले आफू “अत्यन्तै दुःखित” भएको उल्लेख गरेकी छन्।

“अपराधिक मानसिकताका व्यक्ति” निरन्तर रूपमा यस्ता घटना गराउने प्रयासमा देखिनु चिन्ताजनक विषय रहेको उनको भनाई छ ।

झाँक्रीले लेखेकी छन्–
“महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरू हारे, कारण पाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास हुँदा अत्यन्त दुःख लाग्यो। सरकारले यस्ता पात्रलाई समातेर कारबाही गरोस्। यस्ता अपराधिक मानसिकताका एक–दुई व्यक्तिले जहिले पनि यस्तो कार्य गर्छन्। हामी सचेत बन्नुपर्छ, पार्टीपंक्ति एउटै मिसनमा लागौँ।”

उनले पार्टीभित्र एकता र सतर्कता आवश्यक रहेको उल्लेख गर्दै एमाले नेता–कार्यकर्तालाई एउटै लक्ष्य र प्रतिबद्धतासहित अघि बढ्न पनि आह्वान गरेकी छन्।