२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान



अ+ अ-

कीर्तिपुर । इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गर्नुभयो ।

यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् ।

महासचिव राईले भन्नुभयो, “महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौ, परिणामस्वरूप अहिले हामीसँग अहिले १० वटा टोली छन् । हालैका केही अन्तरराष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौं भन्ने देखिएको छ ।

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताउनुभयो । टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरुलाई सहयोग पुग्ने धारणा राखिन् । रासस