१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेत सवार गाडीमा रातो रङ छ्यापियो



अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजीसम्बद्ध युवाहरूले आइतबार बिहान रातो रङ छ्यापेका छन्।

विराटनगरबाट इटहरीतर्फ युवा संघको कार्यक्रममा जाँदै गरेका बस्नेतको गाडी रोक्दै युवाहरूले बेलुनमा भरेको रङ फ्याँकिएको हो।

बस्नेतका अनुसार सुनसरीतर्फ जाँदै गर्दा दुई जना युवाले उनलाई सवार गाडीमा रातो रङ छ्यापेका हुन्।

यस्तै, जेनजी अगुवा भावना राउतले सामाजिक सञ्जालमा एक १७ वर्षे युवाले विराटनगर पुग्ने क्रममा बस्नेतको गाडीमा रङ फ्याँकेको जानकारी दिएकी छन्।

उनले युवाको असन्तुष्टि स्पष्ट भएको उल्लेख गर्दै लेखेकी छन्, “सहिदलाई ‘आतंककारी’ मान्नेको हातमै रगत छ। राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने यही आजको आक्रोशको मुख्य कारण बन्छ।”

सरकार जिम्मेवार ढंगले अघि नबढे युवाहरू सडकमा उत्रिन बाध्य हुने अवस्था आउन नहुने उनको भनाई छ।

यसअघि पनि केही दिनअघि बस्नेत सिमरा जाँदै गर्दा उनीमाथि अवरोध हुने घटना भएको थियो।