९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पा भुषालको प्रश्न : नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर्न आवश्यक रहेको औंल्याईन् । उनले महिलापनि यो देशको प्रधानमन्त्री बन्न योग्य रहेको स्पष्ट पारिन् ।

आफूहरुले ठूलो संघर्ष र आन्दोलनबाट अहिलेको अधिकार र अवसर प्राप्त गरेको सुनाउँदै अझैपनि संघर्षको यात्रामा विश्राम नलागेको उनको भनाई छ । भुषालले भनिन्,‘हामीले सडक र सदनमा संघर्ष गरेका छौं । हिजोको परम्परागत भूमिकासँगै अब आधुनिक भूमिका निर्वाह गर्नुपर्छ । हामीले राजनीतिक अधिकार नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

उनले संविधानमै लेखेको महिला अधिकारको कुरा पालना गर्ने सवालमा सरकार किन उदासिन भएको भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘उपसभामुख पनि पुरुष हुनुपर्छ भनेर संविधानमा व्यवस्था गरेको भए अहिले यो पद खाली नै हुँदैनथियो । तर, महिला हुनुपर्ने व्यवस्था गरेकोले अहिलेसम्म विलम्ब भएको छ । पुरुष नभएर महिला हुनुपर्ने व्यवस्था भएको कारण उपसभामुखको पदमुपुर्तीमा विलम्ब भएको हो । पुरुष हुने व्यवस्था भएको भए अहिलेसम्म उपसभामुख पदासिन भैसक्नुहुन्थ्यो ।’

उनले महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसो गरिए महिलाहरुले आरामदायी मत हाँसिल गर्नसक्नेपनि तर्क गरिन् । उनले संघीय संसदमा पनि कुनैपनि पुरुष सांसदभन्दा महिला सांसदहरुको भूमिका कम नभएको जिकिर गरिन् । उनले समानुपातिक सांसदहरुको लागि बजेटमै विभेद गरिएको पनि गुनासो पोखिन् । उनले महिलाहरु पनि चुनाव जितेर आएको सुनाउँदै भोलिका दिनमा पनि चुनाव जित्न सक्षम रहेको बताईन् । तर, नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ? भनेर पनि उनले प्रश्न तेसाईन् । महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गरिए आफूहरुले प्रत्यक्ष निर्वाचनमा भाग लिनेपनि उनले स्पष्ट पारिन् ।

उनले नेपालमा महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य रहेको सुनाईन् । उनले भनिन्,‘प्रधानमन्त्री हुनको लागि हामीसँग योग्यता, क्षमता छ । हामीले उत्साहपूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।’ उनले अहिले राज्यको हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागिता संविधानमै सुनिश्चितता भएको उल्लेख गर्दै आगामी दिनमा पनि महिलाहरु एक भएर जानुपर्नेमा जोड दिईन् ।

त्यस्तै, उनले धेरै कानून तथा ऐन बन्दापनि महिला हिंसा र अपराधका घट्ना नघटेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सरकारले कानून कार्यान्वयनमा ध्यान दिनुपर्ने बताईन् । उनले भनिन्,‘राज्यले अपराधीलाई फाष्ट ट्रयाकबाट सजाय दिनुपर्छ । यस्तो गर्न सकियो भनेमात्रै अपराधका घट्ना घट्छन् । अहिलेपनि महिलाहरुमाथि शारिरिक तथा मानसिक यातनाका घट्ना बढेकोमा उनको चिन्ता छ ।