५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँः संयोजक दाहाल

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँः संयोजक दाहाल
photo: rss/ file
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताउनुभएको छ ।

वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पार्टी कमिटिहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उहाँको भनाई छ । उहाँले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिवद्धता पनि जनाउनु भयो । वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अब हामी जुन पुस्तामा छौँ र जुन जिम्मेवारीमा छौँ, हामीले एउटा अर्को नयाँ सपना देख्नुपर्छ भन्ने मैले महसुस गरिरहेको छु । अब तपाईँ युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईँहरूलाई सुम्पिने संकल्प, सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ । अब हाम्रो सपना तपाईँहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक, संगठनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेताका रूपमा तयार पार्ने र मैले पार्टीमा पनि हाम्रो छलफल भएको छ । आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था हो । आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ । नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने, त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु । म तपाईँहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

उहाँले युवा पुस्ताका माग र आफूहरुको मागमा धेरै समानता देखिएको बताउनु भयो । विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उहाँको भनाई छ ।