५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

सरकारले मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको छः ओली

सरकारले मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको छः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशन तथा जनसभा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर समेत गर्नुभयो । उहाँले सरकारले जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको समेत बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘काम गर्न नसक्ने भ्रष्टाचारमा लसक्क डुबेको यो सरकार नक्कली सरकार, यो सरकारले जेनजीका नाममा केही मानिसहरुलाई बोलाएर आफैँले तयार गरेका मागहरु प्रश्तुत गर्न लगाएर, आफैँले आफ्नो विरोध गर्ने आफूलाई दबाब दिने वातावरणका लागि तालिम लिएर मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि बताउनु भयो ।