९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेकको थाप्लोमा ३७ हजार ३ सय दुई रुपैयाँ ऋण



अ+ अ-

काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको सात महिनामा नेपालको ऋण बढेर ११ खर्ब रुपैयाँ नाघेको हो । अर्थ मन्त्रालयका अनुसार माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । योसँगै प्रत्येक नागरिकलाई ३७ हजार रुपैयाँ ऋण हुन पुगेको छ । नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पर्न आउँछ ।

चालु आर्थिक वर्षको ७ महिनामा सरकारले २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ ब्याज तिरेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा अनुदानको हिस्सा बढ्दा ऋणको हिस्सा भने घटेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को माघ महिनासम्ममा १ खर्ब ९ अर्ब २८ करोड बरावरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको जनाएको छ । यस मध्ये अनुदान १६ अर्ब २० करोड र ऋण ९३ अर्ब ८ करोड रहेको छ ।

उक्त प्रतिवद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः १४.८२ प्रतिशत र ८५.१८ प्रतिशत रहेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः १२.५९ प्रतिशत र ८७.४१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको माघ महिनासम्ममा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनुदान गत आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ५० करोडको तुलनामा ८० प्रतिशतले बढेर १३ अर्ब ४९ करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा संघीय सरकारले प्राप्त गरेको वैदेशिक ऋण गत आर्थिक वर्षको सोही अवधिको ४१ अर्ब ५८ करोडको तुलनामा ५२ प्रतिशतले कमी आई १९ अर्ब ८४ करोड रहेको छ । यसैगरी, चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल वस्तु निकासी अघिल्लो वर्षको सोही अवधिको ५३ अर्ब ८ करोडको तुलनामा २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु निकासी ११.५ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको माघ महिनासम्ममा भारततर्फको निकासी ३८ प्रतिशतले बढेको छ भने चीन र अन्य देशहरूतर्फको निकासी क्रमश १२.७ र २.४ प्रतिशतले घटेको छ । चालु आर्थिक वषैको पहिलो सात महिनामा प्रशोधित पाम आयल, भटमासको तेल (प्रशोधित), अलैची, जुटका कपडा लगायतका बस्तुको निकासी बढेको छ । सबैभन्दा बढि भटमासको तेल निर्यातमा उल्लेख्य वृद्धि भएको छ । ८ सय प्रतिशतले सो तेल निर्यातमा बृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ । सेन्थेटिक यार्न, तयारी कपडा र अन्य वस्तुहरूको निर्यात भने घटेको छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्म भारतबाट भएको पैठारी ८ प्रतिशतले घटेको छ भने चीन र अन्य देशबाट भएको पैठारी ९.८ र ०.८ प्रतिशतले बढेको छ । मुख्य पाँच वस्तुको पैठारी मूल्यको आधारमा हेर्दा चालु आर्थिक वर्षको पहिलो ७ महिनामा पेट्रोल, मलखाद, मोबाइल, टेलिफोन सेटलगायतका वस्तुको पैठारी बढेको छ भने डिजेल, एम.एस. विलेट, तयारी कपडा, एल।पी। ग्यासलगायतका वस्तुको पैठारी घटेको छ । सौर्य दैनिक