६ श्रावण २०८३, बुधबार
,
Latest
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे प्रधानमन्त्री कार्कीको नागरिक समाजका अगुवाहरुसँग छलफल



अ+ अ-

आसन्न प्रतिनिधि सभा निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले  नागरिक समाजका अगुवाहरूसँग छलफल गुर्नभएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरुसँग छलफल गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रणी गरी सुशासन कायम गर्न गम्भीर भएर लाग्न नागरिक अगुवाहरुले सुझाव दिएका छन् ।

उहाँले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका निम्ति सहयोग गर्न नागरिक समाजले प्रतिवद्धता जनाएको समेत बताउनुभयो । उहाँका अनुसार छलफल प्रधानमन्त्री कार्की राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीका लागि समेत सरकार दृढ रहेको जवाफ फर्काउनुभएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कार्यक्षमता बढाउन आयोगको नेतृत्वसँग निरन्तर संवाद गरिरहेको जानकारी गराएको पनि मन्त्री खरेलले बताउनु भयो ।

घोषित मितिमा निर्वाचन सम्पन्न गर्नको लागि उचित वातावरण बनाउन नागरिक अगुवाहरुले दिएको सुझावलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रुपमा लिएको नागरिक समाजका प्रतिनिधि खगेन्द्र संग्रौलाले बताउनु भयो ।

छलफलमा नागरिक समाजका अगुवा प्रतिनिधिहरु इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई लगायत हुनुहुन्थ्यो ।