४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

काँग्रेसमा नेतृत्व परिवर्तनको मागः महिला भेलाबाट विशेष महाधिवेशनको लागि दबाब

काँग्रेसमा नेतृत्व परिवर्तनको मागः महिला भेलाबाट विशेष महाधिवेशनको लागि दबाब
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तिब्र रुपमा दबाब बढेको छ ।

विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीवार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् ।

महिला भेलामा सहभागी नेतृहरूले समयमा नियमित अधिवेशन हुन नसके विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ । महिला नेतृ चन्दा जोशीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेतृत्व परिवर्तन गरेर जनतासँग जानुपर्ने बताउनु भयो । उहाँले नियमित महाधिवेशन गर्न सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने धाराण राख्नुभयो । देशभरका करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीमा दर्ता भएको जानकारी दिनुहुँदै उहाँले पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भएपनि फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्वमा पार्टी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समयमा नै नियमित अधिवेशन गर्न नसकिने हो भने देशभरीका करिव ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर दर्ता भईसकेको छ । यो पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर भएपनि फागुनमा हुन गएको आम निर्वाचन अगाडी नै नेतृत्व परिर्वतन गरेर जानुपर्छ । हामीले हाम्रो केन्द्रिय समितिमा एकमतका साथ यो महिला भेलाबाट उहाँहरुलाई अनुरोध गर्न चाहन्छौँ, केन्द्रिय समितिको बैठक लगत्तै यही मंसिरभित्र महामन्त्रीले पेश गर्नुभएको कार्यतालिकाअनुसार नियमित महाधिवेशन होस् । यदी नियमित अधिवेशन गर्ने अवस्था छैन भने पार्टीको विधानमा भएको व्यवस्थाअनुसार वर्तमान परिवेशलाई बुझेर विशेष महाधिवेशनमार्फत भएपनि यो नेतृत्व परिवर्तन हुनुपर्छ ।’

काँग्रेस नेतृ कुशुमदेवी थापामगरले पार्टी नेतृत्वले सत्ता सञ्चालनका क्रममा जनताको समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । वर्तमान नेतृत्वको कारण नै जेन–जी आन्दोलन भोग्नुपरेको उहाँको भनाई छ । उहाँले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेर निर्वाचनमा नगएमा पार्टी थप संकटमा पर्ने दाबी गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधरहरूसँग पार्टी नेतृत्वले हालसम्म समन्वय नगरेको पनि जानकारी दिनुभयो । उहाँले पार्टीको विशेष महाविशेनलाई दबाब दिनको लागि महिला भेला आयोजना गरिएको बताउनु भयो । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुमध्ये ६० प्रतिशत महिला रहेको उहाँको दाबी छ । उहाँले पार्टीलाई सशक्तिकरण गर्नको लागी महिलाको जागरुकता आवश्यक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यही नेतृत्वले सत्ता चलायो । त्यो सत्ता चलाउँदै गर्दा पार्टीका कार्यकर्ता र आम जनताहरुको समस्याहरुलाई सम्बोधन गर्न नसकेको कारणले गर्दा जेनजीको नाममा आन्दोलन भयो । त्यही कारणले फागुन २१ गते हुने निर्वाचनको घोषणा भएको छ । त्यो निर्वाचनमा नेपाली काँग्रेसको यही नेतृत्व लिएर गयो भने पार्टी झनै संकटमा पर्ने अवस्थाका कारण नेतृत्व परिवर्तनको लागी हामीले विशेष महाधिवेशनको माग राखेर ५५ प्रतिशत हस्ताक्षर लिखित रुपमा संकलन गरेर पार्टीका दर्ज गरेका छौँ ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्व केन्द्रिय सदस्य एलिजा ढकालले पार्टीले विगतका गल्तीहरूको निर्मम आत्मसमिक्षा गर्नुपर्ने बताउनु भयो । काँग्रेसले जनतामाझ सुध्रिएको सन्देश लिएर जानुपर्ने उहाँको भनाई छ । उहाँले पार्टी नेतृत्व भ्रष्टाचार, भागबण्डा र संस्थागत कमजोरीले कलंकित भएको आरोप लगाउनुहुँदै त्यसलाई सुधार्नको लागी विशेष महाधिवेशन अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कहाँनेर गल्ती ग¥यौँ भनेर निर्मम समिक्षा गर्नुपर्छ कि पर्दैन । काँग्रेस जनतको बीचमा जाँदा सुध्रिएको म्यासेज लिएर जानुपर्छ कि पर्दैन । कांग्रेस सुध्रिएको म्यासेज लिएर जनतामाझ जानुपर्छ भन्दै गर्दा काँग्रेसले के विगारेको थियो भन्ने प्रश्न पनि उठ्न सक्छ । काँग्रेसले धेरै कुरा बिगारेको थियो । हरेक ठाउँमा, रहेक संस्थामा हुने भागबण्डामा हिस्सेदारी गरेको थियो, भ्रष्टाचारमा मुछिएको थियो । जनतामा हाम्रा नेताहरुको नाम कलंकित भएको थियो । हामीले विगतमा धेरै गल्तीहरु गरेका थियौँ । त्यसैले हामीले आफ्नो गल्तीको समिक्षा गर्दे जनतामा सुध्रिएर गएको सन्देश दिनको लागी विशेष महाधिवेशन अपरिहार्य छ ।’

पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपी ऐरले नेपाली काँग्रेसले समयमा नै महाधिवेशन गरेर महिला र युवालाई पार्टीमा सहभागीता गराउनुपर्ने बताउनु भयो । नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा लिएर विवाद उत्पन्न भएको छ । काँग्रेसको संस्थापन पक्ष निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापनईतर पक्ष निर्वाचन अगाडी नै नियमित महाविधेशन या विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ ।–