९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: सार्कका शीर्ष नेतृत्वबीच साझा रणनीति तय गर्न भिडियो सम्मेलन



अ+ अ-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो सम्मेलन हुने भएको छ । नेपाली समयअनुसार आइतबार अपराह्न ५ः१५ मा तोकिएको सम्मेलनलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रूपमा बोल्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले सिंहदरबारबाट सार्कका शीर्ष नेताहरूबीच आइतबार अपराह्न सवा ५ बजे भिडियो कलमार्फत सम्बोधन गर्दै हुनुहुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने । मोदीले कोरोना भाइरसविरुद्ध मिलेर लड्न सार्कका सदस्य मुलुकले कडा रणनीति बनाउने प्रस्ताव गरेको पर्सिपल्ट भिडियो कल कन्फरेन्समार्फत संवाद तय भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारद्वारा शनिबार दिल्लीबाट साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध कठोर साझा रणनीति तय गर्ने विषयमा आइतबार अपराह्न ५ बजे सार्कका सबै सदस्य मुलुकहरूको भिडियो संवादको नेतृत्व गर्नुहुनेछ ।’

प्रवक्ता रविसका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका शीर्ष नेताले सम्बोधन गर्नेछन् । भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत र पाकिस्तानका शीर्ष नेताबीच लामो समयपछि भिडियो संवाद हुन लागेको हो । मोदीले विश्वको जनसंख्याको उल्लेख्य संख्या रहेको दक्षिण एसियाका जनताको स्वास्थ्य सुनिश्चित गर्न कुनै पनि कसर बाँकी राख्न नहुने भन्दै भिडियो कल कन्फरेन्सलगायत संवादमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीसहित सार्क मुलुकका कार्यकारी प्रमुखहरूले मोदीको प्रस्तावको स्वागत गर्दै क्षेत्रीय सहकार्यमा जोड दिइसकेका छन् । नयाँ पत्रिका दैनिक