२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको उपसचिव हुँ भन्दै धम्क्याउने पूर्व बैंक कर्मचारी पक्राउ



अ+ अ-

काठमाडौँ। आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार डोटी घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३७ वर्षीय ऐभान बहादुर महरालाई पक्राउ गरिएको हो।

महराले तारकेश्वर क्षेत्रमा आफू अख्तियारको उच्चपदस्थ कर्मचारी भएको र किर्ते कागजपत्र देखाएर स्थानीयलाई धम्क्याउने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई तारकेश्वर नगरपालिका–९, टुसाल चोकबाट विभिन्न सरकारी निकायका नक्कली लेटरप्याड र कागजातसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

प्रारम्भिक सोधपुछका क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेटरप्याड, राष्ट्रिय वाणिज्य बैंकको डेपुटी म्यानेजर पदको परिचयपत्र, विभिन्न बैंकका स्टेटमेन्ट, एटीएम कार्ड, चेकबुक र हिसाबकिताब राखिएको डायरी बरामद गरेको छ।

पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए।