२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको वातावरण बनाउन दलहरुको भूमिका महत्पूर्णः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दलहरु भएकाले चुनावको वातावरण बनाउन उनीहरुको उत्तिकै भूमिका रहने बताउनुभएको छ ।

नेपाल कानुन समाजद्वारा यहाँ आज आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तक्र्रियामा मन्त्री सिन्हाले सरकार, राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री सिन्हाले भन्नुभयो, “जसका लागि चुनाव आवश्यक छ, उनीहरुले पनि वातावरण बनाउन भूमिका खेल्नुपर्छ, निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौँ, निकास दिऔँ ।”

सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेताहरुसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उहाँले राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान सङ्कटबाट मुलुकलाई निकास दिलाउन प्रयासरत रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउने सम्बन्धी प्रक्रिया र तयारीको अवस्था शून्य रहेको त्यसको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवापुस्ताले अवसरको खोजी गरिरहेको छ, उनीहरुको भावनालाई सम्बोधन गर्न सरकार क्रियाशील छ, सङ्कटको निकास दिन जिम्मेवारीका काम भइरहेको छ, यसमा शङ्का गर्नुपर्दैन ।” रासस