२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली जडान



अ+ अ-

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली स्थापना गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलवार एक कार्यक्रमबीच सो प्रणालीको सुभारम्भ गर्नुभएको हो ।

आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताउनु भयो । उहाँले सो प्रणाली परीक्षणको रुपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरुमा जडान गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । त्यस अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरुले भन्दा ललितपुर महानगरपालिकाले विपदको क्षेत्रमा अब्बल तरिकाले काम गरेको दावी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद्को सन्दर्भमा हामीले यो मुलुकमा २९३ वटा नगर पालिकाहरु छन् । त्यो मध्य ललितपुर महानगरपालिकाले एकदमै अब्बल तरिकाले काम गर्दै आएको मैले यहाँहरुलाई जानकारी गराए । यो अहिले हामीले डेमो गर्न खोजेको हो । यो कत्तिको काम गर्छ भनेर हेर्न खोजेको हो । यसले ठ्याक्कै काम गरेको अवस्थामा हामी ललितपुर महानगरपालिकाको प्रत्येक चोकचोकमा यो प्रणाली जडान गर्ने छौं ।’

ललितपुर महानगरपालिकाले यसअघि नै विपद् कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याइसकेको छ ।