२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय सम्बन्धबारे जेनजी पुस्ताले चासो दिनुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तरराष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा केसीले जेनजी आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना गरेको बताउनुभयो । पछिल्लो पुस्तालाई अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्रनीतिको महत्त्वबारे बुझाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

“राजनीतिक दल र नेताहरूले जनताप्रति गरेको अपारदर्शी व्यवहारको आक्रोशित रुपबाट जेनजी आन्दोलन जन्मिएको हो”, उहाँले भन्नुभयो, “तर, युवाले अन्तरराष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनैतिक महत्त्वबारे बुझ्न जरुरी रहेको देखेको छु । र युवालाई यसबारे बुझाउनु हाम्रो दायित्व पनि हो ।”

प्राध्यापक डा युवराज सङ्ग्रौला र पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा चन्द्रलाल पाण्डे जेनजी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

डा सङग्रौलाले जेनजी पुस्ताले चाहेको रुपान्तरणलाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । डा पाण्डेले भने जेनजी आन्दोलन समग्र समाजले भोग्दै आएको असन्तुष्टिको नतिजा रहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय जगत्मा राष्ट्रिय अस्तित्व बलियो बनाउनतर्फ पनि कूटनीतिक सम्बन्धको चर्चा गर्न आवश्यक रहेकामा जोड दिनुभयो । पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रहरूमाथि टिप्पणी गर्नुभएको थियो ।

डा हरिप्रकाश चन्दले अन्तरराष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यका बारेमा धारणा राख्नुभयो । उहाँले विगतदेखि शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्दै अन्तरराष्ट्रिय कूटनीतिक विज्ञसँग साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो । “परराष्ट्रनीतिमा त्यससँग सम्बन्धी विज्ञमाझ छलफल र वैचारिक विमर्श हुन जरुरी छ”, उहाँले भन्नुभयो, “तर, हामीले परराष्ट्र नीतिलाई खासै महत्त्व दिएको पाइँदैन ।”

कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्धका विद्यावारिधी (पिएचडी) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्ताले देशलाई अन्तरराष्ट्रियस्तर अब्बल बनाउने ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि देखाउन थालेका बताउनुभयो । कार्याक्रममा अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख अपेक्षा शाह पनि उपस्थित हुनुहुन्थ्यो ।