२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहने निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालमा सञ्चालिन सिसं १७ (क) आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सो कुरा बताउनुभएको हो ।

उहाँले जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको सानो गल्तीले व्यक्तिगतमात्र नभई सङ्गठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, संयमता र जिम्मेवार भई अघि बढ्नसमेत निर्देशन दिनुभएको छ ।

दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई हार्दिक बधाई दिनुुहुँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिनुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले सीमित स्रोत साधनका बाबजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरूलाई समर्पित राष्ट्रसेवक बनाउन अथक प्रयास र मेहेनतको मुक्तकण्ठले प्रशिक्षक वर्गको प्रशंसा गर्नुहुँदै आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको उच्च मार्गमा पुर्याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

महानिरीक्षक अर्यालले आधारभूत तालिमले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र सक्षम जुनियर अधिकृतका रूपमा निर्माण गरेको र तालिम दौरानमा सिकेका कुराहरूलाई कार्यक्षेत्रमा सही तरिकाले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले आधारभूत तालिम समापन गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई पेसागत जीवनको पहिलो खुट्किलो पार गरी राष्ट्र सेवामा प्रवेश गरेको बताउनुहुँदै कार्यक्षेत्रमा आइपर्ने चुनौतीहरूलाई सामना गर्न लिएको प्रत्येक कार्य, निर्णय र व्यवहारले व्यक्तिगत छविसँगै सङ्गठनको प्रतिष्ठाको समेत प्रतिनिधित्व गर्ने बताउनुभयो । रासस